(Saturday 25th of July 2026)
`

“सबैले अपनत्व र जस लिने गरी सामुहिक भावनामा अघि बढ्न आग्रह”

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    खजुरा : लुम्बिनी प्रदेश सरकारद्वारा बाँकेको खजुरामा प्रस्ताव गरिएको लुम्बिनी प्रदेश विश्व विद्यालयको स्थापनाको लागि नागरिकस्तरबाट चासो देखाईएको छ ।
    खजुरामा शनिबार लुम्बिनी प्रदेस विश्व विद्यालय नागरिक सरोकार विषयक छलफल गोष्ठीका सहभागिले प्रदेश सरकारले घोषणा गरेको प्रस्तावित विश्व विद्यालय सञ्चालनको लागि तत्काल आवश्यक पहल गर्न जनप्रतिनिधि र शिक्षाका सरोकारलाई आग्रह गरिएको हो ।
    नागरिक सरोकारका तर्फबाट कपिन्द्रराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेस सभा सदस्य आईपी खरेलले प्रदेश विश्व विद्यालय खजुरामा नै बन्ने कुरामा ठोकुवा गर्दै यसको स्थापना र सञ्चालनको बाताबरण तयार पार्न आग्रह गरे ।
    उनले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाको लागि भएका प्रयासको बारेमा जानकारी दिदै सबैले अपनत्व र जस लिने गरी सामुहिक भावनामा अघि बढ्न आग्रह गरे । उनले भने–‘ हामी सबैको सामुहिक प्रयासले मात्र खजुरामा प्रदेश विश्व विद्यालय स्थापना हुन ग्यारेन्टी भएको छ ।’
    खजुरा गाउपालिकाका निर्वतमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो कार्यकालमा प्रदेश विश्व विद्यालयको लागि आवश्यक जमिन खोजि गरि सुनिश्चितता गरेको भए पनि प्रदेश योजना आयोगबाट चलखेल हुँदा विश्व विद्यालय खजुरामा हुने कि नहुने अनिश्चित बन्दै गएको बताए । उनले सबैको प्रयासले मात्र विश्व विद्यालय स्थापना संभव हुने ठोकुवा गरे ।
    सो अवसरमा प्रदेस सभा सदस्य कृष्णा केसी नमूना, शिक्षाविद् डा. जनार्दन आचार्य, डा कृष्ण आचार्य, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफान, शिक्षाबिद् भक्तबहादुर केसी, शरण कर्माचार्य, युवा नेता भिम ओली, विवेक मल्ल लगायतले खजुरामा विश्व विद्यालय स्थापना र सञ्चालनका लागि आ–आफ्नो तहबाट वाताबरण तयार गर्नको लागि पहल गरिनु पर्ने निश्कर्ष निकालिएको हो ।
    लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा प्रदेश विश्व विद्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि विश्व विद्यालय सञ्चालन ऐन, नियमावली जस्ता कानूनी प्रवधान निर्माण गर्न नसकेकोकारण प्रदेश विश्व विद्यालय खजुरामा निर्माण हुने नहुने द्वुविधामा रहेको थियो । ऐन नियमावली तयार भएपछि खजुरामा स्थापना हुने सुनिश्चितता भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology