(Friday 30th of October 2026)
`

होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    कोहलपुर : होटल ब्यबसायी संघ बाँके कोहलपुरका पाँचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पाँचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुलाई शानिबार रोहिणि पिक्निक स्पटमा आयोजित बनभोज तथा शपथ ग्रहण समारोहमा पदभार हस्तान्तरण गराउँदै निर्बाचन मण्डलका अध्यक्ष बिश्वराज खनालले नगर प्रमुख पुर्ण प्रसाद आचार्य तथा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालको आतिथ्यतामा सपथ ग्रहण तथा पद भार ग्रहण गराएका हुन् ।
    नबनिर्बाचित अध्यक्ष मोहन रिजाल, बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, उपाध्यक्ष लक्ष्मण थापा मगर, महिला उपाध्यक्ष खिमा राना, महासचिबमा लक्ष्मण बहादुर खत्रि, सचिब बिष्णु बहादुर कार्कि, कोषाध्यक्ष खिमराज बेल्बासे, सह कोषाध्यक्ष कमल बहादुर शाहि र सदस्यहरुमा राम प्रसाद हमाल, राज बहादुर कार्की, दुर्ग प्रसाद भण्डारी, प्रेम बहादुर खत्रि नन्द प्रसाद जैसि, नरेश जंग अर्याल सूर्य बहादुर पौडेल तथा मनोनित सदस्यहरुमा सरिता थापा, शरद रेग्मि र मधु खनालले शपथसँगै पदभार ग्रहण गरेका हुन् ।
    नबनिर्बाचित अध्यक्ष रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले व्यबसायिक हकहितका लागि स्थानीय सरकार आफनो दायित्वबाट नपञ्छिने बताउँदै ब्यबसायिहरुले संगठित भएर आफनो हक अधिकार सुनिश्चितता तर्फ अग्रसर भएको पाउँदा आफु निकै उत्साहित भएको बताउनुभयो ।
    पर्यटन पर्बद्धनमा होटल ब्यबसायिहरुको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै नगर प्रमुख आचार्यले व्यबसायिहरु आफनो ब्यबसायमा अत्यन्तै मर्यादित शिष्ट र शशक्त रुपले सञ्चालन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
    नगर भित्रका संघ संस्थाको सफलता नै स्थानिय सरकारको सफलता भएको औंल्याएका नगर प्रमुखले होटल ब्यबसायिहरुले आफनो गुणस्तरीयतामा कुनै सम्झौता गर्न नहुने जिकिर गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology