नेपालगन्ज : शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र “सिल्ली फो”लाई नेपालगन्जमा रुचाइएको छ । दिउसो १२ः१५ को पहिलो शोमा ६०% दर्शकको उपस्थिती रहेको क्युएफएक्स सिनेमाज बागेश्वरी नेपालगन्जका प्रबन्धक सन्जिव शाक्यले जानकारी दिए अनुसार शुक्रवारको दर्शकको उपस्थितीले शनिबारको शो हाउसफुल हुनसक्ने अनुमान रहेको बताएका छन् । चलचित्र “सिल्ली फो” ४ जना सिल्ली केटाहरुको कथामा बनेको चलचित्रलाई हेर्ने दर्शकले मन परेको बताए ,चलचित्र हेर्दा चलचित्रमा समाबेश सम्बाद र कलाकारको अभिनयले दर्शकलाई २ घण्टा २५ मिनेट बाधेर राक्छ । मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह–निर्माता छन् । पहिलो दिनमै दर्शकको राम्रो साथ पाएकोमा निर्माता डिकेले खुशी ब्यक्त गरेका छन ।
चलचित्रमा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।
चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।
