(Saturday 25th of July 2026)
`

बन्यजन्तु संरक्षणमा स्थानीय सरकारले अपनत्व लिनु पर्ने

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    बर्दिया  :  मानव बन्यजन्तु बिचको द्वन्द्व बढदै गएको अवस्थामा स्थानीय सरकारले अपनत्व लिने खालको नीतिगत ब्यबस्था गर्नु पर्ने बताएका छन् । डिभिजन वन कार्यालय बर्दियाको आयोजना मानव बन्यजन्तु ब्यवस्थापनका लागि संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
    मानव बन्यजन्तु ब्यबस्थापनका लागि सुष्म अध्ययन गर्नु पर्ने, अध्ययनको रिपोटको आधारमा मानव बन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रका एकिकृत बस्ति ब्यबस्थापन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । सामुदायिक बनलाई जिविकोपार्जनसंग जोर्नु पर्ने, अति जोखिममा रहेको मानव बस्तिलाई ब्यबस्थापन, स्थानन्तरण गर्नु पर्ने, बन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरु गरिनु पर्ने सहभागि संचारकर्मीहरुको सुझाब रहेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन बन कार्यालय र सामुदायिक बन महाँसंघको समन्वय र सहकार्य सुमधुर हुनुपर्ने सहभागिहरु भनाई रहेको थियो ।
    डिभिजन बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ५१ घरधुरी परिवार प्रभावित भएकाहरुलाई ४९ लाख ५८ हजार ८८ रुपैयाँ राहत वितरण गरिएको बताउनु भएको छ । बर्दियामा २०७५ साल देखि यता बन्यजन्तुबाट १३ जनाको मृत्यु, ३४ जना घाईते, पशुधन १ सय ६९ जना, २९ वटा घरगोठको क्षति र २ सय ३४ जनाको अन्नबाली क्षति भएको छ । चालु आर्थिक बर्ष मात्र मानवीय क्षति मृत्यु ४ जना, घाईते ७ जना, पशुधन क्षति ९१ वटा, घरगोठ अन्नबाली क्षतिमा४९ वटा घरधुरी रहेको छ । कार्यालयले ७५ वटा जीवजन्तु उद्धार र ७ वटा मृत फेला पारेको जानकारी गराउनु भएको छ ।
    मानव बन्यजन्तु न्युनिकरणका लागि चालु आर्थिक बर्षमा ४ जना मृतक परिवारलाई प्रति ब्यक्ति १० लाखको दरले राहत वितरण, यसैगरी पीडितसंग प्रदेश सरकार कार्यक्रम अन्तरगत ४ जना मृतक परिवारलाई एकएक लाख राहत र घाईते एक जनालाई २० हजार उपचार खर्च उपलब्ध गराईएको छ ।
    अतिजोखिम रहेका स्थानमा चालु आर्थिक बर्षमा १ हजार ५ सय ६५ मिटरमा रु २७ लाखमा बिद्युतीय तार लगाउने कार्य गरिएको छ । गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा २० ÷२० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माणमा सहयोग, ४ वटा सामुदायिक बनमा मचान निर्माण, बन समुहको २५ हेक्टर झाडी सफाई , सय मिटर बाटो वरिपरि सरसफाई, सामुदायिक बनमा पोखरी निर्माण, २८ वटा सडक बत्ति जडान, बिद्यालयमा संरक्षणमुखी बिद्यालय कार्यक्रम, बैकल्पिक खेति तथा जडिबुटी खेती, बन्यजन्तु बीच द्वन्द्व न्युनिकरणका लागि प्रयासहरु गरिएको जानकारी गराउनु भएको छ । बर्दियामा २ सय ८२ वटा सामुदायिक बन २० हजार ५ सय ५४ दशमलब ०९ हेक्टरमा फैलिएको छ । उक्त सामुदायिक बनमा ५५ हजार ८ सय २० घरधुरी आबद्ध रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology