नेपालगन्ज : बाँकेका ८ वटै पालिकामा आर्थिक बर्षमा ४५ करोड बढी रुपैयाँ बेरुजु पाइएकोछ ।
महालेखा नियन्त्रक कार्यालयले बुधबार ५९ औं प्रतिवेदन सार्वजनिक गरेको हो । सोही अनुसार बाँकेका आठवटा पालिकाको बेरुजु ४५ करोड ४० लाख ६४ हजार पुगेको हो ।
महालेखाले बाँकेका सबै पालिकाको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार रुपैयाको लेखापरीक्षण गरेको थियो । जसमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाको ८ करोड ८७ लाख बेरुजु छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकाको एक करोड ९६ लाख ३२ हजार बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाको ५ करोड ६९ लाख २३ हजार बेरुजु छ । राप्तीसोनारीको ६ करोड ९९ लाख १२ हजार, खजुरा गाउँपालिकाको ५ करोड ८२ लाख ३३ हजार बेरुजु रहेकोछ ।
यसैगरी बैजनाथ गाउँपालिकाको ५ करोड ५ लाख ९५ हजार, डुडुवा गाउँपालिकाको ५ करोड ८४ लाख ७४ हजार र जानकी गाउँपालिकाको ५ करोड १५ लाख ५० हजार बेरुजु रहेको पाइएको हो ।
