(Friday 30th of October 2026)
`

बालयौन दुराचार मुद्दाका फरार अभियुक्त पक्राउ

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : बालयौन दुराचार मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । सोमवार बाँके प्रहरीले डुडुवा गाउँपालिका वडा नंं.४ का ३३ वर्षीय अनिस नाउलाई पक्राउ गरेको हो ।
    उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । नाउमाथि बाँके जिल्ला अदालतको फैसलाले बाल यौन दुराचार मुद्दामा ३ महिना ८ दिन कैद सजाए तोकिएको थियो । उनी यसअघिसम्म फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले नाउलाई पक्राउ गरी सोमबार नै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology