नेपालगन्ज : बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा सन्दिप जंग शाह नियुक्त हुनुभएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशले शाहलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । शाह नेपाल तरुण दल नेपालगन्ज नगरका सभापति समेत रहनुभएको छ ।
यस्तै प्रदेश खेलकुद परिषद् लुम्बिनीले उपाध्यक्ष पदमा चेतकान्त भट्टराई, कोषाध्यक्ष पदमा विरेन्द्र शाही नियुक्त गरेको छ । समितिको सदस्यमा मञ्जु शाह, रेवती सिंह, दिपक वली, मोहम्मद जावेद हलवाई, रञ्जित सिंह सिजापति र चन्द्र रानालाई नियुक्त गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले बताउँनुभएको छ ।
