(Friday 30th of October 2026)
`

मुस्लिम समुदायले धुमधामका साथ बकरईद मनाईदै

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : इस्लामी धर्मावलम्बीहरु महान पर्व बकर ईद नेपालगन्जमा पनि भव्यताका साथ मनाएको छ । इस्लामी धर्मावलम्बीहरु महान पर्व बकर ईद आइतवार नेपालगन्जमा भव्यताका साथ मनाएको हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेकाले तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–अजहा’ पनि भनिने गरिन्छ । प्रत्येक वर्ष इदुल फित्र अर्थात् रमजान पछि मनाइने यस पर्वमा इस्लामी दाजुभाईहरुले नमाज पढ्दै एक अर्काको स्वास्थ्य र सुखद भविष्यको प्राथना गर्दै मनाउने गरिन्छ ।


    भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले इस्लामी धर्मावलम्बीहरु महान पर्व बकर ईदको अवसरमा सबै नेपालीको सुख र समृद्धिको लागि कामना गर्दे शुभकामना व्यक्त गर्नुभएको छ । “यहाँका नागरिकले नेपालगन्ज सहरलाई सामाजिक सदभावको सहर भनेर चिनारी स्थापित गरेका छन” उहाँले भन्नुभयो । नेपालगन्ज जस्तै देशभर समाजिक सदभाव कायम गर्ने यस पर्व लगायत यहाँको हरेक चार्डपर्वले सन्देश दिएको मन्त्री राईले बताउँनुभयो । केही मान्छेको व्यक्तिगत स्वार्थले देशको सामाजिक सदभावलाई भड्काउने भाइचारा एकआपसी बिश्वास र सम्बन्धमा नकरात्मक असर पु¥याएका थुप्रै घटना रहेकाले यस्ता समाजिक सदभाव भड्काउने खालको कुराबाट सचेत रहन मन्त्री राईले सझाव समेत दिनुभयो ।


    नेपालगन्ज शहर सदभावको शहर भनेर चिनिने शहरलाई यो पर्वले अझ भाईचाराको नाता प्रगाढ बनाएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो । सदा झै एक आपसमा मिलेर मनाउने पर्व ईदुल अजहाले देशकै नमुनाको शहर भनेर चिनाउन सफल भएको प्रति गर्भ लाग्ने गरेको उहाँले बताउनुभयो । बकराईद पर्वलाई त्याग र बलिदानको पर्व पनि भनिने बाल अधिकारकर्मी साहिल अन्सारीले बताउँनुभएको छ ।
    हजरी संवत् अनुसार १ हजार ४ सय ३५वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको उहाँले बताउँनुभयो । यस दिन इस्लामी दाजुभाईहरुले मस्जिदमा जम्मा भई विशेष नमाज पढिने र नमाज पढिसकेपछि घरमा गई जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँडेर एकाआपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन समेत रहेको छ । आजको दिन दिनभरी शुभकामना आदनप्रदान र मिठो मिठो खानेकुरा खाने चलन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology