(Friday 30th of October 2026)
`

कोहलपुर नगरपालिकाले प्रत्यक्ष प्रसारण गरी सार्वजनिक सुनुवाई ग¥यो

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज  : कोहलपुर नगरपालिकाले बाँकेमा पहिलो पटक प्रत्यक्ष प्रसारण गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बाँकेमा ८ पालिका मध्ये अहिलेसम्म कुनै पनि पालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक्ष प्रसारण गरेका छैनन । तर बिहिबार कोहलपुर नगरपालिकाले अफिसिल फेसकुब पेजबाट प्रत्यक्ष प्रसारण गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
    कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै बक्ताहरुले कोहलपुरमा ढुवान, खानेपानी, विद्युत र शिक्षा, स्वास्थ्यको विषयमा निकै गम्भिर समस्याको विषयको रुपमा उठेको थियो ।
    सो विषयलाई सम्बोधन गर्दै नगर प्रमुख पूर्ण आचार्यले खानेपानी र विद्युतका कार्यालयहरु संघिय सरकारले सञ्चालन गर्न पाउने अधिकार भएको हुनाले पहल गर्ने मात्र रहेछ तर हामीलाई अधिकार नदिएकोले केही सकेसम्म पहल गर्ने बताउनुभयो ।
    ‘ढल निकासको विषयमा कार्यपालिकामा योे विषयमा गम्भिर रुपमा लिएका छौं’ उहाँले भन्नुभयो, ‘त्यसको निकास खोजिरहेका छौं । केही दिन अघि मात्र विपद् व्यवस्थापन सम्बन्धी सर्वपक्षिय बैठक समेत बसेको आचार्यले बताउनुभयो ।
    यस्तै अहिलेको डिजिटलको जमाना आइसक्यो त्यसकारणले कोहलपुर नगरपालिकाले प्रविधिलाई बढि जोड दिइरहेको छ । कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, १५ वटै वडाका वडा अध्यक्ष, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology