नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन तथा सहायक सामाग्री बितरण गरेको छ ।
नेपालगन्ज वडा नं १८ ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आय आर्जन तथा सहायक सामाग्री बिहीवार बितरण गरेको हो । नेपालगन्ज वडा नं १८ को अध्यक्ष दिपक बर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा शारीरिक अपाङ्गता अशक्त भएका व्यक्तिहरुलाई आय आर्जन तथा सहायक सामाग्री ह्वील चियर, मोटर सहित सिलाई मेसिन र साईकल समेत बितरण गरिएको छ ।
शारीरिक अपाङ्गता भएका व्यक्तिगत जिवनयापन सहज बनाउँने उद्देश्यले यी ह्वील चियर, मोटर सहित सिलाई मेसिन र साईकल लगायतका सामाग्री बितरण गरिएको थियो ।
