प्रमोद रिजाल
कोहलपुरः कोहलपुरका जनतालाई स्वच्छ खानेपानी खुवाउने मुख्य लक्ष्य लिएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वर्तमान कार्यसमिती पुर्ण रुपमा अवैधानिक रहेको पाईएको छ । अबैधानिक कार्य समितीले कोहलपुर १० र ११ मा बिगत तीन दिनदेखि पानीको लाइन नदिंदा यस क्षेत्रका बासिन्दालाई दैनिक पानीको प्रयोग गर्न हम्य हम्य परेको छ । कोहलपुर ११ का बालबिद्या, १० का बिद्यानगर, हाइस्कुल र रझेना रोड आसपासका धाराहरुमा बिगत ३ दिनदेखि पानी नआएको स्थानियहरुले बताएका छन ।
एकातिर बढदो गर्मि अर्कोतिर पानी धारामा नआउनुले खाने तथा सरसफाइ गर्ने पानीको जोहोमा बिहान साझ यस क्षेत्रका बासिन्दा परमपरागत कल धारामा धाउन बाध्य भएका छन । परमपरागत धारा समेत पानी सुकिसकेका छ । दैनिक आधारभुत खानेपानीमा समेत लापरबाही गरि समस्या समाधानतर्फ ध्यान नदिएको भन्दै अबैधानिक समितीलाइ स्थानियहरुले सत्तो सराप गर्न थालेका छन ।
कार्यसमिती गठन भएको प्रत्येक ५ बर्षमा नियमीत साधारण सभा गरेर नयाँ कार्य समिती चएन गर्नु पर्नेमा कार्यसमिती गठन भएको ७ बर्ष पुग्नै लाग्दा समेत साधारण सभाको मिती नतोकि पुरानै कार्य समितीलाइ निरन्तरता दिएको र खानेपानीको सुनिश्चितता गर्न नसकेको प्रति आक्रोश पोख्दै बालबिद्यारोडका हिम बहादुर सुनारले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई मासिक १९० रुपैया पैसा मात्र उठाउने काम मात्र गरेको आरोप लगाएका छन । पटक पटक कर्मचारीहरुलाई जानकारी गराउदा सम्म पानी आउने नआउनेबारे कुनै जबाफ नदिएको भन्दै सुनारले पानी प्रयोग गर्न हामीले पाइन्न भने खानेपानी जडान हामीलाइ देखाउनका लागि मात्र राखेको जडान गरेको हो प्रश्न गरेका छन ।
पानीको नियमितता नहुने, शुद्ध पानी नआउने तर मासिक बिल बुझन भने आउन छोडदैनन सुनारले भने ।
पानीको धारा जडान गर्दा नमस्कार गर्दै घर घर आउथे अहिले पानी दिन सकेका छैनन के नैतिकताले कुर्सिमा बसेका होलान कोहलपुर १० का सनत रेग्मिले भने । धारा जडान गर्ने मोटो रकम असुल्ने तर पानी बिग्रेको ३ दिन सम्म पनि कहा बिग्रेको हो पत्ता लाउन नसक्ने कर्मचारी पालिरहन किन जरुर छ रेग्मिले प्रतिप्रश्न गरे ।
यो कर्मचारी र अबैधानिक समितीको मिलिभगत खाने बाटो हो । जनतालाइ नभइ नहुने पानी दिन नसक्ने अबैधानिक समितीले राजिनामा दिनुको बिकल्प छैन रेग्मीको थप कथन रहेको छ ।
२०७२ साल पौषमा गठन गरिएको कार्य समितीले २०७७ पौषमा नियमित साधारण सभा गनु पर्ने थियो तर अनाबश्यक लाभका लागि बर्तमान कार्यसमितीलाइ नै निरन्तरता दिएको स्थानिय कोहलपुरबासिको आरोप रहेको छ । सो समितीले साधारण सभा गर्न नसकेको बारे बिभिन्न कारणहरु रहेको जनाउदै एक बर्ष कार्यकाल थपेको कार्यसमितीका एक सदस्यले बताएका छन ।
पानीको समस्या राख्दा कार्यालयका कर्मचारीहरुले फोन नउठाउने उठाएपनि सम्मानजनक रेस्पोन्स नदिने उपभोक्ताहरुसंग झर्किने , था छैन भन्ने जस्ता गैर जिम्मेबारीपुर्बक बोल्ने गरेको पाइएको छ तर कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका इन्जिनियर सुरेश कुमार दशौंदिले पानीको मर्मत कार्य भइरहेको जनाएका छन । उनले डाइनामिक स्कुल अगाडि मुल लाइनको नालि खन्ने क्रममा पाइप काटिदा पानीको समस्या भएको बताए ।
पाइप फुटने बित्तिकै बनाएको हो तर रातको समयमा हाइस्कुल स्थित सो पाइपमा केहि बस्तु अडकिएर पानी रोकिएको हुन सक्ने दशौंदिले आशंका ब्यक्त गरेका छन । हाइस्कुल स्थित सुर्खेतरोडको पक्कि पिच मुनि पाइपको लाइन भएकाले पिच खन्ने कार्य भइरहेको र समस्या काहानिर छ भन्ने पत्ता अझै लागिनसकेको उनले जानकारी गराए । आज मंगलबार या बुधबार पानी सप्लाइ भइसक्ने दशौंदिको बिश्वस रहेको छ ।
नेपाली काग्रेसका नेता नर बहादुर मल्ल २ कार्यकाल भन्दा लामो समय देखी सो सस्थाको अध्यक्ष रहेका छन । मल्ल नेतृत्वमा एमाले र माओवादी केन्द्रले भाग बण्डामा आफ्ना मानिसहरु कार्य समितीमा पठाएका छन । बर्तमान कार्यसमितीका पदाधिकारीहरु फेरी दोहरीने दाउमा साधारण सभाको मिती तय नगरेको कार्यसमितीकै एक सदस्यले बताएका छन ।
राजिनामा दिएका अधिकारीले सार्वजनिक संस्थान लाई निती बिधीमा चलाउनु पर्नेमा त्यसो नहुदा आफु सो संस्थामा बस्न नसकेको जानकारी दिए । संस्था अपारदर्शी मनोमानि तरिकाले चलेको उनको भनाई छ । आर्थिक अवस्था धरासायी छ , उपभोक्ताको माग अनुसार स्वच्छ र आवश्यकता अनुसारको पानि बितरण गर्न नसकेपछि अवैधानिक समितीमा बस्नुको औचित्य रहेन एमालेको प्रतिनिधी समेत रहेका अधिकारीले भने ।
कार्यसमितीको पदाधिकारीको सेवा सुबिधा
साधारण सभा गर्न नसकेर अबैधनिक समितीको पदाधिकारी र सदस्य समेतले नियमीत बिभिन्न खाले सेवा सुबिधा लिने गरेको पाईएको छ । कार्यसमितीका एक सदस्यले दिएको जानकारी अनुसार संस्थाको तर्फबाट पैसा तिर्ने गरि कार्यसमितीका पदाधिकारी देखी सदस्य सम्मको जिवन बिमा गरिएको छ । प्रत्येकको ३ लाख ५० हजारको जिवन बिमा गरिएको छ । बिमा बापतको प्रिमियम हरेक बर्ष संस्थाको कोष बाटै जानेको गरेको छ ।
सो बाहेक पदाधिकारी र सदस्य सम्मले समान्य अवस्थामा मासिक २० लिटर पेट्रेल सुबिधा लिने गरेका छन । चाडवाड भत्ता बापत बार्षिक १५ हजार उनिहरुको घोषित सेवा सुबिधा हो । त्यस बाहेक दैलेख स्थाई वासिन्दा रहेका सचिव प्रेम कटुवालले दैलेख जादा र आउदा थप सुबिधा लिने गरेको कार्यसमितीका एक सदस्यले बताए । माओवादी केन्द्र दैलेखका जिल्ला संयोजक रहेका कटुवाल अधिकाँस समय दैलेख रहने र सेवा सुबिधा भने खानेपानी बाट लिने गरेको ति सदस्यको भनाई छ ।
संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले कोरोना कालका कारण र केही योजना अपुरा रहेकाले साधारण सभा गर्न नसकिएको बताए । उनले आगामी पुस सम्म साधारण सभा गर्ने योजना रहेको बताए ।
