(Friday 30th of October 2026)
`

ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्जः  नेपालगन्जको जमुनाहा नाकाबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा ११ बस्ने ४० वर्षीय खिट्टन थारु रहेका छन् ।
    जमुनाहा प्रहरीले शंका लागेर जाँच गरेको थियो । लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा हातमा आँपको झोलामा लुकाएर राखेको अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिए ।
    पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology