(Friday 30th of October 2026)
`

“अग्रीम हाजिर गर्नु मेरो गल्ती हो”–वरिष्ठ सर्जन डा.नाग

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.सुरेशकुमार नागले अग्रीम हाजिर गरेर आफुले गल्ती गरेको स्विकार गर्नुभएको छ ।
    अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको र अग्रीम हाजिर गरेको लगायतका कारण देखाउँदै अस्पताल विकास समितिले कारवाहीका लागि सिफारिस गरेलगत्तै सम्पर्कमा आउनुभएका डा.नागले आफुले भुलबस हाजिर गरेको प्रतिक्रिया दिनुभयो ।
    डा. नागले असार २० गते सोमवार अस्पताल प्रशासनमा आएर असार २९ गतेसम्मको हाजिर गरेको भेटिएको छ । ‘अग्रीम हाजिर गर्नु मेरो गल्ती हो उहाँले भन्नुभयो– ‘जेठको महिना सम्झेर हाजिर गरेको थिए, त्यतिबेलै मैले क्षमा मागेको पनि हो, अहिले पनि भन्छु मेरो त्यो गल्ती हो ।’
    डा.नागले आफु नियमित डियुटीमा आउने गरेको दावी गर्नुभयो । सोमवार र शुक्रबार आफ्नो ओपिडी रहेको भन्दै उहाँले आउन नसक्ने अवस्थामा पत्र लेख्ने गरेको भन्दै आफ्नो बचाउ गर्नुभयो ।
    तर उहाँले अस्पताल विकास समितिले कारवाहीका लागि गरेको सिफारिसप्रति भने आपत्ती जनाउनुभएको छ । अस्पताल प्रशासनले आफ्ना गल्ती ढाकछोप गर्न आफुलाई कारवाहीको सिफारिस गरेको भन्दै आपत्ती जनाउनुभयो ।
    अस्पताल विकास समिति आफै अनियमितताको चलखेलमा डुवेको डा.नागको आंशका छ । ‘करिव २० वर्षदेखि मैले भेरीमा सेवा दिँदै आएको छु उहाँले भन्नुभयो–‘अहिले आएर ममाथि कारवाहीको सिफारिस गर्नु नियत ठिक देखिएन ।’
    डा. नाग २०५९ साल भदौदेखि भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । उहाँले १० औं तहको डाक्टर हो । अस्पताल विकास समितिले नागले अस्पताल भन्दा पनि आफ्नो नीजि मेडिकलमा बढी समय दिएको, अस्पताल विकास समितिले भनेको नमानेको लगायतका कारण देखाउँदै २०७८ साल साउन २२ गते कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो ।
    तर डा. नागलाई अहिलेसम्म पनि कारवाहीको प्रक्रिया अघि बढ्न सकेन् । पछिल्लो पटक डा नागले अग्रीम हाजिर गरेपछि अस्पताल विकास समिति हर्कतमा उत्रिएको हो । समितिले पुनः मंगलवार बाँके प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयलाई बोदाद्र्ध गर्दै कारवाहीको सिफारिस गरेको हो ।
    अस्पताल विकास समितिबाट डा. नागलाई पटकपटक सुध्रन भनेपनि नमानेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । डा. नागले अस्पताल विकास समितिको व्यवस्थापन ठिक नभएकै कारण विशेषज्ञ चिकित्सकहरु अस्पतालमा बस्नै नमान्ने बताउनुभयो ।
    डा.नागले अस्पताल विकास समिति नसुध्रिए आफुले अस्पतालबाट विदा लिने समेत चेतावनी दिनुभएको छ । ‘यही गतिमा व्यवस्थापन समिति चले काम गर्न सकिदैन उहाँले भन्नुभयो–‘न्यूरोसर्जन र ग्याट्रोसर्जनले किन छोडे ? म पनि अस्पतालबाट विदा लिने मुडमा पुगिसकेको छु ।’ उहाँले अस्पताल व्यवस्थापन समितिले सहि व्यवस्थापन गर्न नसक्दा विरामीले दुःख पाएको बताउनुभयो ।
    उहाँले अस्पतालमा विचौलियाको रजगज चलेको आरोप लगाउनुभयो । त्यसको मारमा आम निमुखा विरामी परेको डा.नागको भनाइ छ । ‘अल्ट्रासाउण्ड, ल्यावमा ठूलो व्यथिति रहेको बताउँदै उहाँले त्यसमा कस्क कस्को संलग्नता छ छानवीन गरियोस्’ उहाँले भन्नुभयो । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागलाई कारवाहीको सिफारिस गरिएको छ । डा.नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो । तर डा.नागलाई अहिलेसम्म पनि कारवाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
    पछिल्लो पटक डा.नागले असार २० गते सोमवार अस्पताल प्रशासनमा आएर असार २९ गतेसम्मको हाजिर गरेको भेटिएको पनि श्रेष्ठले बताउनुभयो । अस्पताल विकास समितिबाट डा.नागलाई पटकपटक सुध्रन भनेपनि नमानेको उहाँको भनाइ छ । अग्रिम हाजिरी गरी डा. नागले आफ्नो उत्तरदायित्व र कर्तव्यबाट विमुख भएको पाइएकाले जिल्ला प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको श्रेष्ठले बताउनुभयो । डा.नागको नेपालगन्जको पासाङल्हामु मार्गमा बैष्णवी अस्पताल संचालनमा रहेको छ । डा. नागले अधिकांस समय आफ्नै अस्पतालमा दिने र महिनामा १र२ पटक भेरी अस्पताल पुगेर महिनाभरीको हाजिरी गर्ने गरेको बताइएको छ ।
    त्यसको पुष्टि डा. नागले सोमवार गरिदिनुभएको छ । जहाँ उहाँले असार २९ गतेसम्मको अग्रमी हाजिर गर्नुभएको छ । वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको छ । राज्यको सेवा सुविधा लिएर गैरजिम्मेवार काम गर्नु गलत भएको श्रेष्ठको भनाइ छ। यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई सजग हुन पनि श्रेष्ठले चेतावनी दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology