नेपालगन्ज : नेपालमा हजारौं लघुवित्त संस्थाहरु शहर तथा ग्रामिण वस्तीमा तैनाथ अवस्थामा छन् । सर्वसाधारणलाई सहज वातावरण मिलाउने र उनिहरुको भलो होस भन्ने किसिमले खोलिएको लघुवित्तहरुले आम नागरिक अचेल दुख पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरुको गुनासो छ । सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो व्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका बबिता विकले भन्नुभयो । सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारि लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उहाँको भनाई छ । पहिले पहिले लघुवित्तहरुले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्छन ऋण निकालेर तिर्दा अलि समय लागे वा आकास्मिक समस्या आईपरे पनि समस्या नबुझदिने बिक भन्नुहुन्छ ।
ऋण लिएर हदैसम्मको ज्यादतिका कारण हामीलाई बाँच्न समेत गाह्रो भएको उहाँ बताउनुहुन्छ । अलिकति ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किटनी बेच, मरेहुन्छ विमा छ किन बाँच्ने जस्ता नहुने नहुने कुरा भनेर धम्की दिने गरेको उहाँले बताउनुहुन्छ । घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नु पर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेको हुनाले यस्ता कयौ वित्तिय संस्था खारेज हुनुपर्छ भन्ने उहाँले धारणा राख्नुभयो । विरामी हुँदा समेत समस्या नबुझने यस्तो खालको वित्तिय संस्थाले आत्महत्या गर्न बाध्य बनाईरहेको खजुरा सैनिकका मनिषा सुनारले भन्नुभयो ।

लघुवित्तले घरपरिवार विग्रिएको छ घरमा भएको सासु कहाँ भाग्नु भएको छ थाहा छैन सपना विक भन्नुभयो । लघुवित्तको टर्चरले दिनरात सताउने गरेको उहाँले दुखेसो पोख्नुभयो । घरमा ऋण माग्न आउने वित्तिकै भैसी लग्दिन्छौं, कहिले घरमा ताल्चा लाउने, जस्तो धम्की आत्महत्या गरौं भन्ने सम्म पुग्ने गरेको सपना विकले बताउनुभयो । ऋण लिएपछि नतिर्ने होइन तिछौं तर अहिलेको अहिले तिर्न भन्ने प्रबृत्ति कदापी सहि नभएको उहाँले बताउनुभयो । घरमा समस्या परेको हुन्छ, विरामी पर्दा समेत बहाना बनाएको भन्ने आरोप लगाउने लघुवित्तका कर्मचारीले गर्दा कर्यौ नागरिक पिडित बनेको उहाँले जानकारी गराउनुभयो ।
ऋण दिने बेला आर्थिक स्थिती अवस्था समेत नहेरी ऋण दिने तर घरमा अकास्मिक समस्या आएर ऋण तिर्न केही समय लागे समस्या समेत नबुझि अभद्र व्यवहार गरिने हिमा आलेले जानकारी गराउँनुभयो ।
नेपालमा करिव ५८ लाख नागरिक ऋण प्रवाह गरेका छन् भने २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्तिय संस्थाहरुको विरुद्ध संघर्ष समितिका उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताउनुभयो । लघुवित्तका ऋणले गर्दा घरवारबिहीन बनाएको, आत्महत्या भएको पुर्व मेची देखि पश्चिम महाकालीसम्मका नागरिक लघुवित्तिय संस्थाबाट पिडित भएको पुन मगरले बताउनुभयो ।
लघुबित्तिय संस्था बिरुद्ध लघुवित्त पिडित महिलाहरुले नेपाल सरकारसंग नवसामन्तीको रुपमा स्पापित लघुबित्तिय संस्थाहरु खारेज गर्न, लघुबित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनिहरुले सरकारसंग माग राखेका छन् । बचौ बचाऔं र अघि बढौं भन्ने मुल नाराका साथ लघुवित्तिय संस्थाहरुको विरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समितिले जनाएको छ ।
