नेपालगन्ज : बाँके जिल्ला भलिबल संघको उपाध्यक्षमा कमल पछाईलाई मनोनित हुनु भएको छ ।
जिल्ला भलिबल संघका अध्यक्ष चिरञ्जीवी चन्द लगायतका कार्य समितिका पदाधिकारीहरुले आइतवार उपाध्यक्ष पछाईलाई मनोनित गर्नुभएको हो । असार ८ गते संघको अध्यक्षमा चिरञ्जीबी चन्द, उपाध्यक्षमा रीता कोइराला, महासचिवमा यमनारायण महतो, कोषाध्यक्ष सुमन सिंह बस्नेत र मनिराम बटाला निर्वाचित भएका थिए । जिल्ला संघमा दुई जना उपाध्यक्ष रहने प्रावधान रहेको हुनाले एक जना निर्वाचित र एकजना मनोनित गरिएको हो ।
