(Friday 30th of October 2026)
`

डुडुवाका अध्यक्ष चौधरीले मनोमानी तरिकाले पालिका संचालन गर्न खोज्दा एमाले र जसपाको अवरोध

  • सगरमाथा गन्तब्य
  • 9.8K
    SHARES

    नेपालगन्ज १८ असार :नेपाल कम्यूनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी डुडुवा गाउँपालिका कमिटी बाँकेले संयुक्त प्रेस बिज्ञप्ती सार्वजनिक गरेका छन् । डुडुवा गाउँपालिकाको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय गर्ने र निर्णयमा वडाअध्यक्ष तथा वडासदस्यहरुलाई उपस्थिती गर्न समेत नदिएको भन्दै नेकपा एमाले र जसपा डुडुवा गाँउँपालिका कमिटी बाँकेले संयुक्त प्रेस बिज्ञप्ती सार्वजनिक गरेका हुन् ।
    स्थानीय तहको निर्वाचन परिणाम पश्चात डुडुवा गाउँपालिकामा वडासदस्य, वडा अध्यक्षहरुले नीतिपुर्ण ढंगले पालिकामा आफ्ना माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै सहमती नजनाएपछि प्रेस बिज्ञप्ती सार्वजनिक गर्न बाध्य भएको डुडुवाका नेकपा एमाले र जसपाका जनप्रतिनिधीहरु बताउँछन् ।
    “डुडुवा गाउँपालिका बैठक आयोजना गर्दा विबिध नभई प्रष्ट एजेण्डा सहितको पत्र कार्यपालिका सदस्यहरुलाई ७२ घण्टा अगावै उपलब्ध गराउनु पर्ने र बैठक पश्चात कार्यपालिका सदस्यहरुलाई निर्णयको प्रतिलिपी उपलब्ध गराउनु पर्ने निर्णय भएपनि सो बमोजिम नभई एसएमएसको भरमा निमन्त्रणा गरिने गरेको उनिहरुले बताएका छन् ।
    विगतमा डुडुवा गाउँपालिकाको कुनै वडाले पनि लक्षित वर्गको कार्यक्रम संचालन नगरेको र जेष्ठ नागरिक सम्मान कार्यक्रम एंव खानेपानीको धारा वितरण लगायतको कार्यक्रममा वडासंग कुनै समन्वय नगरी सिधै गाउँपालिका अध्यक्षले बितरण गर्दै आएकोले बाँके जिल्लाको अन्य स्थानीयतह जस्तै यस डुडुवा गाउँपालिकाको आर्थिक बजेट २०७९–२०८० को बजेटमा पनि प्रत्येक वडालाई सिलिङ्ग बजेट निर्धारण र लक्षितवर्गका लागि बिनियोजन हुने रकम वडा कार्यालय मार्फत संचालन हुने भनि प्रस्ताव गाउँसभामा लैजाने निर्णय कार्यपालिका बैठकबाट गरिनु पर्ने माग गरेका छन् ।
    बिगतमा डुडुवा गाउँपालिकाले एकलौटी रुपमा दक्षता र क्षमताको कुनै ख्याल नगरि डुडुवा गाउँपालिका अध्यक्षको चाँसोमा २०७४ सालको स्थानिय निर्वाचन पश्चात राजनीतिक रुपमा भर्ना गरिएका आवश्यक नभएका करारका कर्मचारीहरुको बिषयमा छलफल गरि आर्थिक बर्ष २०७९÷२०८० मा करार साम्झौता नविकरण नगर्ने प्रस्ताव गाउँसभामा लैजाने निर्णय कार्यपालिका बैठकबाट गरिनु पर्ने वडा अध्यक्षहरुले माग गरेका छन् ।
    डुडुवा गाउँपालिकामा भौतिक निर्माणसंग सम्बन्धित यान्त्रिक सवारी साधनहरु जस्तै रोलर, ट्यांकर, ट्रयाक्टर, ग्रेडर, मिक्सर मेशिन, बोरिङ्ग मेशिन रडोजर लगायतको संचालन र ग्यारेजको हालको अवस्थाको सम्बन्धमा छलफल गर्न कार्यपालिकामा एजेण्डा समावेश गर्नु पर्ने, डुडुवा गाउँपालिकामा संचालनमा रहेको निःशुल्क पशु स्वास्थ्य उपचार सेवालाई असर पर्ने गरि नवनिर्वाचित जनप्रतिनिधीबाट कुनै किसिमको अवरोध नगरिएको र उक्त ुेवा संचालनप्रति कुनै असहमति नरहेकोले तत्काल सेवा सुचारु गर्नु पर्ने” लगायतको डुडुवाका कार्यपालिकाको बैठकमा कार्यपालिकाको सदस्यहरुले माग गरेका छन् । अद्यपी सबै मागहरु नीतिगत रुपमा माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै पनि प्रतिक्रिया नदिने डुडुवाका वडाअध्यक्ष तथा वडासदस्यहरुलाई पालिकामा हुने गतिबिधीको बारेमा जानकारी नगराउँने र छलफल गरौ भन्दा समेत अनेक थरी बहाना बनाई उपस्थिती समेत नगराएको भन्दै डुडुवाका नेकपा एमाले, जसपाको वडा अध्यक्ष तथा वडा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
    एमाले र जसपा डुडुवा गाउँपालिका कमिटीले संयुक्त प्रेस बिज्ञप्ती निकाली पालिकाको सम्पत्ति सार्वजनिक गर्न तथा सरकारी सम्पत्तिलाई निजी कार्यमा प्रयोग नगर्न उनिहरुले बारम्बार माग गर्दै आएको जनाएका छन् । डुडुवा पालिकाको अध्यक्ष चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय गर्ने र निर्णयमा वडा अध्यक्ष समेतलाई जानकारी नगराई मनपरि तन्त्रले पालिका संचालन गराउन खोजेको भन्दै पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रले भन्नुभयो । स्थानिय तहमा एक्लौटी शासन चलाउन खोजेको र यसलाई रोक्न खोज्दा अनाहकमा बहुमतको दम्भ देखाएको भन्दै बैठक स्थगित गर्ने गरेको वडा अध्यक्ष मिश्रले बताउनुभयो ।
    बारम्बार पालिकाको बैठकमा एकलौटी निर्णय पारित गराउन खोज्ने र आफुहरु मान्य नभएपछि पालिका अध्यक्ष चौधरीले अहिलेसम्म गाउँपालिका सभा समेत नगरेको उहाँले बताउनुभयो । पालिका भित्र रहेका नातावाद तथा सरकारी सम्पत्तिको दुरुपयोग रोक्नको लागि जनप्रतिनिधिहरु एक भएर जाने वडाअध्यक्षहरुको भनाई छ ।
    पालिका अध्यक्षले स्वंम मनोमानी एकलौटी निर्णय गरेर पालिका चलाउने भए वडा अध्यक्षको के काम भनेर डुडुवा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष झंक बहादुर थापाले गुनासो पोख्नुभयो ।
    यस्तै बाँके डुडुवा गाउँपालिकामा नेकपा एमाले, जनता समाजबादी पार्टीले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक संचालन गर्नमा समस्या आएको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । ०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्विकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानलाई अध्ययन नै नगरि कार्य विपरित पटक पटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक संचलन गर्नमा कठिनाई उत्पन्न भएको अध्यक्ष चौधरीले शनिवार एक विज्ञप्ती प्रकाशित गरि जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology