नेपालगन्ज १७ असार : जिल्ला प्रहरी कार्यालय बाँकले नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगन्ज जमुनाहा नाका हुदै अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर शुक्रवार बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।
निकासी प्रमाणिकरण बिना भारत तर्फ अवैध रुपमा वस्तु लैजादै गरेको अवस्थामा कन्टेनरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन ।
कन्टेनरमा पहाडी उत्पादन गेडागुडी जस्तो देखिने सामान फेला परेको ‘कालो रङ्गकोे गेडागुडी जस्तो सामान भेटिएको र उक्त समानको परिक्षणपछि मात्र त्यसको पहिचान हुन सक्ने प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बोरामा अफिमको दाना भेटिएको अनुमान गरिएको छ । भने यता प्रहरीले परिक्षणपछि मात्र के हो भनि पुष्टि हुने जानकारी गराएको छ । कन्टेनरमा भएको सामानको वास्तविक पुष्टि भने हुन सकेको छैन् ।
सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ । भन्सार कार्यालयबाट कन्टेनर पार गरेको बिषय भने रहश्यमय रहेको प्रहरीले बताएको छ । उक्त कन्टेनरमा २५० बोरा लागूऔषध बरामद गरेको छ । लागु औषध भएको आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।
