(Friday 30th of October 2026)
`

अपाङगता बालबालिकालाई शिक्षाको पहुँचसम्म पु¥याउन नेपालगन्जमा शिक्षा मेला

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    आशा परियार

    नेपालगन्ज : अपाङ्गता भएको व्यक्ति तथा बालबालिकाको लागि थुप्रै निति बनेता पनि धेरै बालबालिका भने अझैँ पनि शिक्षाको पहुँचबाट बञ्चित भएका छन् ।
    बाँकेका अपाङ्गता भएका बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले सबैका लागि पढाइ अर्थात एक दिने शिक्षा मेला मंगलवार नेपालगन्जमा सम्पन्न भएको छ । डेक नेपाल बाँकेको आयोजनामा अपाङ्गता भएका बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले सबैका लागि पढाइ अर्थात एक दिने शिक्षा मेला नेपालगन्जमा सम्पन्न भएको हो ।

    अपाङ्गता भएका बालबालिकाको एकएर्कामा अनुभव साटासाट गर्ने र उनिहरु भित्र लुकेको प्रतिभालाई बाहिर ल्यान सहज हुने पढाई परियोजना कार्याक्रम समावेशी शिक्षा अधिकृत उमा चौधरी बताउनुभयो । उहाँले बौद्धिक, शाररिक, श्रवर, दृष्टिबिहिन अपाङ्गता बालबालिकालाई कसरी पढाई हुन्छ कसरी उनिहरुलाई कसरी बुझाउँने बताउँदै त्यस्ता बालबालिकालाई सांकेतिक तथा खेलकुदको माध्यमबाट बालबालिकालाई सहज बातावरण बनाईदिने उद्देश्यले पढाई मेलाको आयोजना गरिएको जानकारी गराउनुभयो ।
    नेपालमा शारीरिक अपाङ्गता, दृष्टिविहीन अपाङ्गता, सुनवाइसम्बन्धी अपाङ्गता, श्रवण–दृष्टिविहीन अपाङ्गता, स्वर–बोलाइसम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता र बहु–अपाङ्गता भएका थुप्रै बालबालिकाहरु छन् । अपाङ्गता भएको व्यक्तिको दैनिकी जिवन एकदमै कष्टकर हुने गरेको मंगल प्रसाद माध्यमिक विद्यालयका शिक्षक भोला नाथ त्रिपाठीले बताउनुभयो । अपाङ्गता भएको व्यक्ति तथा बालबालिकाहरु न त भनेको ठाउँमा जान पाउँछन् नत मन लागेको काम गर्न पाउँछन अपाङ्गता भएकै कारण रोजगार समेत पाउन गाह्रो हुन्छ उहाँले भन्नुभयो । जनसंख्याको ठूलो हिस्सा ओगटेर बसेका अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा ससम्मान पुनःस्थापना गरी राष्ट्रिय मूलधारमा ल्याउन सकिए अवश्य पनि उनीहरूले समाजका लागि, महत्वपूर्ण योगदान गर्न सक्ने शिक्षक त्रिपाठीले बताउनुभयो ।

    यो यथार्थलाई ध्यान दिएर नेपालको संविधान (२०७२) ले पनि शिक्षालाई मौलिक अधिकारको रूपमा अङ्गीकार गरेको छ । अपाङ्गता भएका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको हक हुने साथै दृष्टिविहीन व्यक्तिहरूले ब्रेललिपि एवं बहिरा व्यक्तिहरूले साङ्केतिक भाषामा शिक्षा लिन पाउने भनी स्पष्टरूपमा उल्लेख गरिएको छ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र समुत्थानका लागि बनेको अपाङ्ग संरक्षण तथा कल्याण ऐन अनुसार अपाङ्गता भएका व्यक्तिहरूका लागि शैक्षिक व्यवस्थाबारे केही महत्वपूर्ण प्रावधान समेत गरिएको छ ।
    अपाङ्गता भएको बालबालिकाले उच्च शिक्षा र शिप मुलक तालिम दिएर उनिहरुलाई जिवनयापन गर्ने योग्य बातावरण बनाईदिन आश्यकता रहेको बताउँदै अपाङ्गता भएका बालबालिका तथा बिद्यार्थीलाई प्रोत्साहन गर्न राज्य र स्थानीय सरकारले पनि यस बिषयमा चासो लिन शिक्षा बिकास समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादबले औल्याउँनु भयो । मुख्य अपाङ्गता भएको बालबालिका तथा बिद्यार्थीलाई पढाई सिप बिकासमा सहयोग पु¥याउनको लागि आयोजना गरिएको महत्पुर्ण कार्यक्रम रहेको यादवले बताउनुभयो ।
    अपाङ्गता भएका व्यक्ति तथा बालबालिका पनि पर्न सक्छन् उनिहरुको लागि शिक्षाको नितिगत व्यवस्था रहेको बताउँदै अपाङ्गता भएको व्यक्तिले पनि अवसर पाए राज्यको लागि उदाहरणीय व्यक्ति बन्न सक्ने उहाँले बताउँनुभयो । सबैका लागि पढाई परियोजना अन्तर्गत प्रारम्भिक तहमा अध्ययन गर्ने बालबालिकालाई अपाङ्गता तथा कार्यगत सिमितता भएका बालबालिकाहरुलाई पढाई प्रति उत्प्रेरित गराउनुका साथै पठन सिपको बिकास गराउने मुख्य उद्देश्यले बाँकेको ६ वटा बिद्यालयका अपाङ्गता बालबालिकालाई सहभागिता गराएर पढाई मेला सम्पन्न गरिएको हो । बाँकेका दृष्टि बिहीन, बौद्धिक क्षमता सुस्त तथा बहिरा बालबालिकालाई पहिलो केन्द्र बिन्दुमा राखेर उक्त कार्यक्रम गरिएको छ ।
    अपाङ्ग बालबालिकलाई प्राकृतिकले ठगेता पनि हामि मानवले भने उनिहरुलाई आत्मनिर्भर बनाउको लागि शिक्षामा प्रोत्साहन गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । अपाङ्गता भएका बालबालिकाको अवाज, दृष्टि, कान, हात, खुट्टा बनेर उनिहरु भित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन राज्यले महत्वपुर्ण कदम चाल्नु पर्ने उनिहरु बताउँछन् । अपाङ्गता भएका व्यक्तिलाई अवसर दिए राज्यको जिम्मेवार व्यक्ति समेत बनेर देखाउने उनिहरुले दाबी गरेको छन् । उक्त कार्यक्रममा अपाङ्गता भएका बालबलिकालाई पुरस्कृत समेत गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology