(Saturday 25th of July 2026)
`

सिकलसेल एनिमिया दिवसमा स्वास्थ्यकर्मीलाई सिकलसेलबारे अभिमुखिकरण

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    नेपालगन्ज :  विश्व सिकलसेल एनिमिया दिवस आइतवार बाँकेमा मनाइएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सिकलसेलबारे अभिमुखिकरण गराएर एनिमिया दिवस मनाइएको हो ।
    स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुर नगरपालिकाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बताउँनुभएको छ ।
    स्वास्थ्यकर्मीहरुलाई भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन विभाग प्रमुख समेत रहनुभएका सिकलसेल विज्ञ डा.राजन पाण्डेले अभिमुखिकरण गर्नुभएको हो । नेपालमा थारु समुदायमा बढी देखिएको यो रोग बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा बढी देखिएको छ । १ सय २० दिनसम्म बाँच्ने सामान्य रातो रक्तकोषहरु हसिया कोषमा परिणत भइ १५ देखि २० सम्म रक्त संचारमा रहि नष्ट हुँदा शरीरमा रगतको कमी हुन जान्छ जसलाई सिकलसेल एनिमिया भनिन्छ ।
    बिरामीको शरीरको हड्डी र जोर्नी पटकपटक दुख्नु, पटकपटक जण्डीस हुनु, रक्त अल्पता हुनु यसका लक्ष्ण हुन् । सिकलसेल न्यूनिकरणका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै परीक्षणको दायरा बढाउनु हो चिकित्सकहरु भनाईरहेको छ । बंशानुगत यो रोगबाट जोगिन सिकलसेल भएका व्यक्ति व्यक्तिबीचको विहेबारी रोक्नु नै बुद्धिमता हुने सिकलसेल विज्ञ डा पाण्डेले बताउँनुभयो ।
    यस रोगबाट संक्रमृत पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ ।
    बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने विज्ञ डा पाण्डेको भनाइ छ । यस रोग सम्बन्धि प्रत्येक स्वास्थ्यकर्मीले स्थानियवासीलाई जनचेतना जगाउन र बिरामीलाई सिकाउन र बुझाउन उहाँको आग्रह छ ।
    स्वास्थ्य कार्यालय बाँकेले आइतवार सेवा प्रदायक स्वास्थ्यकर्मीलाई सिकेलसेल र थालेसेमिया रोगको स्क्रिनिङ, परामर्श सेवा तथा व्यवस्थापनका लागि आयोजना गरेको अभिमुखिकरणमा सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै विहेवारी गर्न डा पाण्डेले सुझाव दिनुभएको छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।
    त्यसैले थारु समुदायमात्र होइन प्रत्येकको स्क्रिनिङ जरुरी रहेको डा पाण्डेले बताउनुभएको छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । त्यसैअनुसार स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत श्रेष्ठले जानकारी गराउनुएको  छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology