नेपालगन्ज । नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका केन्दिय संयोजक राजीव झाको प्रमुख अतिथिमा कार्यक्रम संचालन भएको थियो । नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूह बाँकेले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम अयोजना गरेको थियो ।
नेपालगन्ज र रुपैडियाका जनताले भोगेका समस्याका बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रियामा दुवै देशका पत्रकार, समाजसेवी, नेता तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल जडिबुटी व्यवसायी संघ बाँकेका प्रतिनिधीले भने नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने बताउनुभयो । उहाँले सीमा भिडभाड कम गर्न रिक्साको आवात जावतमा रोक लगाइएको बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले दुवै पक्षिय समस्याका लागि समिति बनाएर अघि बढ्नु पर्ने सुझाव दिनुभयो । उहाँले दुवै तर्फ समितिका सदस्य भएमा कसैलाई समस्या परेको बेला उनीहरुबाट मद्दत लिन सकिने उहाँले बताउनुभयो । साथै उहाँले यस्ता कार्यक्रम ३÷३ महिनामा हुनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमा समाजिक आभियान्त विनोद आग्रहरीले भने नेपालगन्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिर्वाय रुपमा परिचयपत्रको नियम लागू गर्नु पर्ने बताउनुभयो । अन्तरक्रियामा नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या सहभागीले उठाएका छन् ।
साथै दुवै देशबीच सामाजिक, सांस्कृतिक, रितिरिवाज, रहनसहनको समानता भएका कारण त्यसलाई नखलबलाई समस्या सुल्झाउन सम्बन्धित निकायको ध्यान केन्द्रीत गर्नु पर्नेसुझाएका छन् । अन्तरक्रियामा नेपाल–भारत सीमाका भारतका बरिष्ठ पत्रकार मनिराम शार्मा एसके मधेशीय राज जी सोनी पत्रकार शेर सिंह कसौधन, संजय कुमार वर्मा, इरशाद हुसैन, महबूब अहमद, संजय कुमार वर्मा अध्यक्ष रूपईडीहा पत्रकार संघ, शेर सिंह संरक्षक, इरशाद हुसैन उपाध्यक्ष, महबूब अहमद नेपालगञ्जका नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई, समाजिक आभियान्त विनोद आग्रहरी, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, जि नेपाल फोरके टेलिभिजन प्रमुख आशिष गुप्ता नेपाल भारत खुला सीमा संवाद समूह बाँकेका सयोजक विनय कुमार गुप्ता संवाद समूहका सह सयोजक मेराज अहमाद हिमाल, समाजिक आभियान्त रामाजि पाठक दिवाकार खानल लागयतको उपस्थित थियो ।
