नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने ७० बर्षिय लिलावति गुप्ताको पसमा समान किन्न गएको सोही स्थानका ३० वर्षका कोईली भन्ने शिव कुमार बढईले नसालु पदार्थ सेवन गरी समान किन्ने विषयमा विवाद गरी निज लिलावति गुप्तालाई कुटपिट गर्दा घाईते बनाउनुभएको थियो ।
निज लिलावतिलाई उपचारको क्रममा मृत्यु भएको हुदा कुटपिट गर्ने व्यक्ति फरार रहेको हुनाले सोमवार प्रहरीले बढईलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नेपालगन्ज १५ जमुनाहबाट बढईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
