(Friday 30th of October 2026)
`

सामूहिक बलात्कारको अभियोगमा सात जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले १६ वर्षिया किशोरीलाई मदिरा खुवाई सामूहिक बलात्कार गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । १६ वर्षिया किशोरीलाई मदिरा खुवाई सामूहिक बलात्कार गरेको अभियोगमा सोमवार बिहान सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक बलात्कारमा संलग्न रहेको अभियोगमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी गराउनुभयो ।
    उक्त बलात्कृत किशोरी सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको १७ बर्षिया हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भेट्न बोलाएपछि आएको र जन्मदिनको बाहानामा हेमराज लगायत सात जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जानकारी गराएको छ । उक्त सामूहिक बलात्कारमा संग्लन हेमराज लगाएतको टिमले मदिरा खुवाई बेहोसीको हालतमा किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जंगल र त्यसपछि वैजनाथस्थित रहेको जंगलको एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
    उक्त किशोरीलाई मानखोलाको जंगलमा पाँचजना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त प्रहरीले टोलीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका वडा नं ५ चाइना ईट्टाभट्टा नजिकै शंकास्पदरूपमा रहेको भे३प ३५२७ नम्बर रहेको मोटरसाइकलमा ती किशोरीलाई दुई जना व्यक्तिले मोटरसाइकलको बीचमा राखी मोटरसाईकल चलाई रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology