नेपालगन्ज : नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने पश्चिम तराईको नेपालगन्जमा अत्याधिक गर्मीका कारण जनजिवन कष्टकरण बन्दै गएको छ । केही दिनयता बाँकेको नेपालगन्जमा अत्याधिक गर्मी र तातो हावाका कारण यहाँको जनजिवन कष्टकर बन्दै गएको हो । नेपालगन्जमा प्रचण्ड गर्मी र यहाँको तातो हावाले यहाँका बालवालिका र जेष्ठ नागरिक झनै कष्टकर जिवन विताईरहेको नेपालगन्ज १ का स्थानिय राजकुमार थारुले भन्नुभयो ।
नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने पश्चिम तराईका विभिन्न स्थान लगायत बाँकेको चर्को घाम र तातो हावा ‘लु’ चल्न थाले पछि स्थानियलाई सास्ती भएको छ । ‘लु’ का कारण दैनिकी काम गरेर साझ बिहानको छाक टार्ने मजदुरहरु चर्को घाम र तातो हावा ‘लु’ को कारण सास्ती खेप्नु परेको थारुले बताउँनुहुन्छ ।
मौसम विज्ञान विभाग नेपालगन्ज शाखा कार्यालयका अनुसार नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । गर्मीयाम शुरु भए लगत्तै नेपालगन्जमा पानी नपरेपछि चर्को घाम र तातो हावा ‘लु’ चल्न थालेको छ । नेपालगन्जको तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै नेपालगन्जवासी बढी गर्मी महसुस भइरहेको बताउँछन् । नेपालगन्जको चर्को घाम त्यसैमा तातो हावा ‘लु’ नेपालगन्जवासीले सही नसक्नु भएको स्थानियवासी बताउँछन् । नेपालगन्जमा तिब्रले गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पातलिदै गएको देखिएको छ । नेपालगन्जको चर्को घाम त्यसैमा बिद्युतको छिन छिनमा लोडसेडिङले नेपालगन्जबासीले सास्ती खेप्न बाध्य भएको नेपालगन्जवासी बताउँछन्
