(Friday 30th of October 2026)
`

राष्ट्रिय परिचय पत्र बनाउन बढैयातालका नागरिक उत्साहित

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    बर्दिया बढैयाताल : राष्ट्रिय परिचयपत्र बनाउन बढैयातालका नागरिक उत्साहित भएका छन् । प्रबिधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सान, बहुउपयोगी राष्ट्रिय परिचय पत्र हाम्रो पहिचान” भन्ने मुलनाराका साथ शुरु भएको राष्ट्रिय परिचयपत्र बितरणको अभियानमा बढैयातालका नागरिक उत्साहित भएका हुन ।
    आ.ब. २०७५÷ २०७६ मा पाँचथर जिल्लाका नागरिक तथा सिंहदरवार परिसरका कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र बितरण गरी सफल परीक्षण गरि औपचारीक रुपमा पाँचथर जिल्लाबाट शुरु भएको राष्ट्रिय परिचय पत्र बितरण कार्य बढैयातालमा यहि जेष्ठ १५ गतेवाट बितरण कार्य सञ्चालन भएको जनाईएको छ ।
    राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यबिधि २०७५ मन्त्रीपरिषद र मन्त्रालयस्तरीय विभिन्न निर्णयहरुले कानुनी आधार पाएपछि बिभिन्न जिल्लाका पालिकाहरुमा शुरु भएको छ । राष्ट्रिय परिचयपत्रको अभियानमा बढैयातालका नागरिक उत्साहित भएता पनि परिचयपत्र प्राप्त गर्ने प्रक्रिया भने झनझटीलो र खर्चिलो भएको भन्दै राष्ट्रिय परिचयपत्रको बहानामा स्थानिय सरकारले राजश्व असुल गरेको सेवाग्राहीले आरोप लगाएका छन् ।
    बढैयाताल गाउँ पालिकाको वडा नम्बर १ देखी ९ सम्मका वडाहरुमा एकै साथ शुरु भएको राष्ट्रिय परिचयपत्र लिनका लागि नागरिकता, बिवाहितको हकमा बिवाह दर्ता प्रमाण पत्र, फरक जिल्लाको नागरिकता भएमा बसाईसराईको सक्कल प्रमाणपत्र हुनु पर्ने अभियानका कर्मचारीले बताएका छन् ।
    फरक जिल्लाबाट नागरिकता बनेका र यस वडामा बिगत ४०÷४५ वर्ष देखि स्थायी रुपमा बसोवास गर्दै आएका नागरिकहरुको बसाई सराई प्रमाण नहुँदा परिचयपत्रवाट बञ्चित हुने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दियासंग समन्वय गरी उनिहरुलाई परिचयपत्र उपलब्ध गराउन सहजिकरण गरिएको बढैयाताल गाउँपालिका वडा नम्बर ८ अध्यक्ष तेजनाथ पौडेलल बताउनु भयो । बसाईसराई, बिवाहदर्ता जस्ता परिचय पत्रको लागि चाहिने आवश्यक प्रमाण पत्र बनाउन लाग्ने राजश्व दस्तुर लाग्ने भएपछि सेवा ग्राहीले परिचय पत्रको वाहानामा पैसा असुल्न खोजेको आरोप लगाएका हुन ।
    यता ८ नम्बरका वडा अध्यक्ष पौडेलले कर्मचारीलाई शुल्क नलिन भनेपनि बढैयाताल गाउँ पालिकाका प्रमुख प्रशासकियको आदेश अनुसार पञ्जिका सम्बन्धि तोकेको राजश्व मात्र लिने गरेको ८ की वडा सचिब स्वस्तिका पौडेलले जानकारी गराउनु भयो ।
    राष्ट्रिय परिचयपत्र ब्यक्तिका परिचय प्रमाणिकरको डिजिटल समाधान भएको र डिजिटल आधुनिक युगमा यसलाई सार्वजनिक सेवासंग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व भएको जानकारहरु बताउँछन् । विना भेदभाब सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा दिने भएकोले बितरण परिक्रयालाई सहज सरल बनाउन पर्नेमा सेवाग्राहीको जोड रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology