(Friday 30th of October 2026)
`

काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    बाँके  :  नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा संस्थापन समुहका असन्तुष्ट नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
    पार्टी सभापति नारायण प्रसाद गौडेलले कार्यसमितिको बहुमतको निर्णय बिना पार्टीको विधान विपरित कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदिय समिति गठन गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।
    बुधबार नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिध राजकुमार बर्मा, निरञ्जन सिंह सिंजापति, नेपाली कांग्रेस बाँके सचिव सन्जु चौधरी, सह सचिव बिनोद थारु, सदस्य अशोक श्रेष्ठ लगायतको टोलीले तालाबन्दी गरेको हो ।
    नेपाली कांग्रेसको विधान २०१७ संशोधित सहित २०७६ अनुरुप गर्नु पर्ने कार्य समयमै गरी पुर्णता दिनु पर्नेमा सभापति गौडेलले आफु अनुकुलका व्यक्तिहरुको सल्लाहमा कार्यसमितिको बैठकमा बहुमतले पारित नगरेको अवस्थामा उक्त निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले बिरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology