(Friday 30th of October 2026)
`

डुडुवा ६ का वडाध्यक्ष मिश्रद्वारा पदभार ग्रहण

  • सगरमाथा गन्तब्य
  • 7.5K
    SHARES

    नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष मोहनराम मिश्रले बुधवार पदभार ग्रहण गर्नुभएको छ । धार्मिक विधि अनुसार वडा कार्यालयमा पुजाआजा गरी पदभार ग्रहण गर्नुभएको हो ।
    सयौं जनाको उपस्थितीमा गरिएको पदभार ग्रहण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष, बुद्धिजीवी, विभिन्न दलका स्थानीय प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।
    पदभार ग्रहणपछि वडाध्यक्ष मिश्रले सबैलाई धन्यवाद दिँदै निवर्तमान जनप्रतिनिधीलाई विदाई गर्नुभएको थियो । दोश्रो कार्यकालका लागि निर्वाचित भएका मिश्रले निबर्तमान सदस्य नेतराम मुराउ, तिरथराम वर्मा, अकलिमुन निसा शेष र निर्मला देवी कोरीलाई खादा ओढाएर प्रमाण पत्रसहित विदाई गर्नुभएको हो ।
    नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका मिश्रले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई १ सय ५५ मतले पराजित गरी विजयी भएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology