(Friday 30th of October 2026)
`

स्वर्गीय थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान

  • सगरमाथा गन्तब्य
  • 20.1K
    SHARES

    बाँके । कबड्डी संघ बाँकेका संस्थापक अध्यक्ष रहेका स्वर्गीय डम्बर थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको छ । कबड्डी संघ बाँकेले मंगलवार नेपालगन्जमा प्रथम डम्बर थापा स्मृति दिवस कार्यक्रमको आयोजना गरि कबड्डिको वृद्धि बिकास र ब्यबस्थापनमा गरेको योगदान बापत थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको हो ।
    उक्त सम्मान उहाँको धर्मपत्नी भुमिका थापालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले स्वर्गीय थापा संगको सामिप्यता स्मरण गर्दै बाँकेमा कबड्डी संघको लागि र खेलको बिकासको लागी थापाले जुन देख्नुभएको सपना थियो, त्यो पूरा गर्न आफुले संघलाई सहयोग गर्ने बताएका थिए ।
    त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले स्वर्गीय थापा सामाजिक, राजनैतिक तथा खेलप्रेमी ब्यक्तित्व रहेको र उहाँको कमि बाँकेको कबड्डि संघलाई मात्रै नभएर सिङ्गै जिल्लालाई महसुस भएको बताउनुभयो थियो ।
    अध्यक्ष तुफानले कार्यक्रममा बोल्दै स्वर्गीय थापाले बाँकेको खेल क्षेत्रमा पु¥याएको योगदान बाँकेले नभुल्ने बताउनुभयो ।
    कार्यक्रमका अध्यक्ष तथा जिल्ला कबड्डि संघ बाँकेका अध्यक्ष जनार्दन खत्रीले बाँकेमा निकट भबिष्यमै डब्बर थापा स्मृति कबड्डी प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरिएको छ । साथै खत्रीले बाँकेका स्थानीय तहले कबड्डि खेलको बिकासको लागी योगदान पु¥याउनु पर्ने बताएका थिए ।
    कार्यक्रममा क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश चन्द, कबड्डि संघका उपाध्यक्षद्वय सफिक बेहना, इता शर्मा, नेपाली काँग्रेसका नेतृ उमा थापा मगर, नेकपा माओवादी खजुराका नेता कान्तुराम गौतम लगायत पत्रकारहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन संघका सचिब बिज्ञान शाहले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology