(Friday 30th of October 2026)
`

जवरजस्ती करणी मुद्धामा काँग्रेस नेता चलाउने पक्राउ

  • सगरमाथा गन्तब्य
  • 13.7K
    SHARES

    कोहलपुर : ईलाका प्रहरी कार्यालय कोहलपुरले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निम बहादुर चलाउने (निरज) लाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व वडाध्यक्ष समेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले पुष्टि गर्नुभएको छ ।
    चलाउनेलाई पक्राउ गरी हिरासतमा राखीएको र थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप गरीएको मल्लले बताउनुभयो । केही समय पहिले कोहलपुरकै एक महिलाले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै चलाउने बिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिईन । जाहेरीकै आधारमा कोहलपुर प्रहरीले शुक्रबार चलाउनेलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology