(Friday 30th of October 2026)
`

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर १० रुपैयाँले घट्ने

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES

    बाँके : पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो ।
    जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।
    तर कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय अहिले नभएको स्रोतले जनाएको छ । सरकारले हाल उठाउँदै आएको बुढीगण्डकी जलविद्युत आयोजनाको नाममा अतिरिक्त प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर र भन्सार शुल्कबाटै प्रतिलिटर ५–५ रुपैयाँका दरले कर घटाउने गृहकार्य भइरहेको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology