बाके : बैजनाथ गाउँपालिकामा स्वास बिमा सम्बन्धि नव निर्वाचित जनप्रतिनिधि र दर्ता सहयोगीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
बैजनाथ गाउँपालिका स्वास्थ शाखाको आयोजना उक्त एक दिने अभिखुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमको प्राविधिक सहयोग स्वास्थ विमा बोड नेपालगन्जले गरेको थियो । कार्यक्रम मा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्षहरू लगाएत बैजनाथका ८ वटै वडाका दर्ता सहयोगीहरूको सहभागी रहेको थियो ।
कार्यक्रममा बैजनाथ स्वास्थ शाखा प्रमुख लक्षमण राज शाहीले स्वास्थ विमा सम्बन्धि बैजनाथमा संचालन गरिएका कार्यक्रम तथा प्रगति विवरण तथा आगामी आर्थिक वर्षका योजना बारे जानकारी गराएका छन । कार्यक्रममा विमा वोड नेपालगन्जका दर्ता अधिकारी रमेश आचार्य लगाएको सहभागी जनाएका थिए ।
