(Friday 30th of October 2026)
`

डुडुवा अध्यक्षद्धारा कार्यभार शुरु, आर्थिक खर्च घटाउने पहिलो निर्णय

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    डुडुवा बाँके : डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो ।
    प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार करार कर्मचारीहरुमध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नितिगत निर्णय भएको छ ।
    कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निर्णय गर्नुभएको छ । खर्च कटौतीसंगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै जनताको सेवामा सधै खटने प्रतिबद्धता व्यक्त गर्नुभयो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरियता, तथा प्रभावकारी सेवा प्रवाहमा कुनैपनि कन्जुस्याई नगर्ने स्पष्ट पार्नुभयो ।
    डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोले बुधबारदेखि कार्यभार सम्हाल्नु भएको हो । गाउँपालिकामा आयोजित एक समारोहका विच अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले कार्यभारको जिम्मेवारी बहन गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, लेखा अधिकृत रामबहादुर केसी, प्राविधिक प्रमुख लगायतका कर्मचारीहरुले अध्यक्ष र उपाध्यक्षलाई फुलमाला र खादाले स्वागत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology