(Friday 30th of October 2026)
`

सडक दुर्घटनापछि कोहलपुर इप्रका अगाडी तनाव

  • सगरमाथा गन्तब्य
  • 14K
    SHARES

    नेपालगन्ज  : बाँकेको कोहलपुरमा सडक दुर्घटना भएपछि कोहलपुरमा तनाबग्रंस्त भएको छ ।
    बुधबार कोहलपुर पिपिरी नजिकै भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएपछि स्थानिय र आफन्तद्वारा कारवाहीको माग गर्दै सडक अवरुद्ध गरिएको हो ।
    ट्रकको ठक्करबाट अटो चालक कोहलपुर १३ का केवल थारुको मृत्यु भएको छ । दुर्घटना पछि मृतकका परिवारले दोषीलाई कडा कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेका थिए । बुधवार दिनभरी जसो बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयको अगाडी नारा सहित कारवाहीको माग गरेका थिए । तनाव ग्रस्त बनेको कोहलपुरमा डाइभरका कारण बटुवा, साईकल चालक, मोटरसाइकल, विद्यार्थी तथा अटो चालक झनै समस्यामा रहेका छन् । दैनिकजसो कोहलपुर नेपालगन्ज सडकमा सडक दुर्घटना हुने गरेको स्थानियले बताउछन् । आफ्नै साइडमा हिड्दा पनि भारतीय नम्बरका गाडी र टिप्परको गतिले दुर्घटना बढि हुने गरेको स्थानियको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology