(Friday 30th of October 2026)
`

नेपालगन्ज १८ का जनप्रतिनिधिलाई स्वागत तथा पदभार

  • सगरमाथा गन्तब्य
  • 12.5K
    SHARES

    नेपालगन्ज, १० जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का जनप्रतिनिधिहरुलाई मंगलवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको छ । यही बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको हो । नेपालगन्ज १८ को आयोजनामा भएको स्वागत, पदभार तथा २०७४ सालका जनप्रतिनिधिलाई विदाई कार्यक्रममा वडा अध्यक्ष दिपक बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ लाई नगर कै नमुना वडा बनाउन जुन योगदान ५ बर्षमा गरेर जनतालाई देखाएको थिए त्यही रफ्तारमा पुन काम गर्ने थप उर्जा मिलेको उहाँले जानकारी गराउनुभयो ।


    वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद लगायतमा बढि प्रथामिकता दिई कार्य अगाडी बढाउने उहाँले बताउनुभयो । स्वागत तथा पदभार कार्यक्रमको अध्यक्षता वडा नं. १८ का कार्यबाहक अध्यक्ष बुद्धिलाल चमारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सूर्य ढकाल र पुर्वगभनर सेम शाक्य रहनुभएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य डेकनाथ गौतम, नरेन्द्र ओली, केशव पौडेल, रविन्द्र ओली, जिल्ला कमिटि सदस्य ऐन बहादुर हमाल, हरि तिमिल्सेना, राजेन्द्र कडेल, विष्णु गौतम, पार्वती सिंह ठकुरी, नगरअध्यक्ष दत्त आचार्य, वडा कमिटि अध्यक्ष दुर्गा अधिकारी, विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, युवा, स्वास्थ्य स्वयमसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology