नेपालगन्ज : सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
आइतबार मध्यरातदेखि लागु हुनेगरी सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो । जसअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ बढेको छ । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यतिधेरै मूल्यवृद्धि भएको यो नै पहिलोपटक हो ।
अब काठमाडौंमा पेट्रोलको मूल्य १८० रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ ।
त्यस्तै १८०० रुपैयाँ तिरेपछि मात्र एक सिलिण्डर एलपी ग्यास पाइनेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै इन्डियन आयल कर्पोरेशन आईओसीले नेपालमा प्रशोधित तेलको नयाँ मूल्य पढाएपछि नेपाल आयल निगमले पनि यहाँ मूल्यवृद्धि गरेको हो । भारतले भने पट्टोलियम पदार्थमा लगाउँदै आएको जीएसटी घटाएर आम जनतालाई मूल्यवृद्धि हुनबाट राहत दिएको छ ।
अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर क्ष्यनसका लागि १८०० रुपैया पर्नेछ ।
हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोड र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।
