(Friday 30th of October 2026)
`

डुडुवाका अध्यक्ष नरेन्द्र चौधरीद्धारा सपथ ग्रहण

  • सगरमाथा गन्तब्य
  • 14.1K
    SHARES

    डुडुवा : स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । शुक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो ।
    सपथ लिनुभएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । सो ऐनको दफा १०९ (२) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनुपर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।
    त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology