(Saturday 25th of July 2026)
`

नेपालगन्जवासीद्धारा विद्युतलाई ७ दिने अल्टिमेटम

  • सगरमाथा गन्तब्य
  • 17.8K
    SHARES

    नेपालगन्ज : नेपालगन्जको प्रचण्ड गर्मीमा विद्युतको लापरवाही भन्दै शुक्रवार विरोध प्रदर्शन गरिएको छ ।
    नेपालगन्जको प्रचण्ड गर्मीमा विद्युतले बारम्बार विना जानकारी विद्युत कटौती गरेको भन्दै स्थानियवासी स्वफुर्त विरोध प्रर्दशन गर्न नेपाल विद्युत प्राधिकरण नेपालगन्जको कार्यालय अगाडी पुगेका थिए । प्रचण्ड गर्मी झन त्यसमा विद्युतको लापरवाहीले झनै स्थानियवासीमा समस्या भएको हुनाले विद्युत नियमितको माग गर्दै उनिहरु विद्युत कार्यालय पुगेका हुन् । विद्युत कार्यालय अगाडी उनिहरुले विरोध प्रर्दशन गर्दै ७ दिनको अल्टिमेटम दिएका हुन् । ७ दिनभित्र पनि विद्युतले माग पुरा नगरे आफ्नो चरणवद्ध आन्दोलन गर्ने स्थानिय अभियन्ता नमस्कार शाहले भन्नुभयो ।
    बिना सूचना र लो भोल्टेजका कारण नेपालगन्जवासी अनाहकमा दुख पाउनुपरेको उहाँले बताउनुभयो । विद्युतका कर्मचारीको लापरवाहीका कारण आम नेपालगन्जवासी दुख पाउनुपरेको भन्दै यसलाई सुधार नगरे कडा आन्दोलन चर्काउने उनिहरुले चेतावनी दिएका छन् । जनताले तिरेको विद्युत महसुलले नै चलिरहेको विद्युत प्राधिकरण जनताले अलिकति महसुल तिर्न ढिलाई गरे व्याजका स्याज लिने र तैपनि विद्युत नियमित नदिने भएको हुनाले यसलाई पनि सुधार गरेर लैजानुपर्ने स्थानिय समाजसेवी डाक्टर विनोद कर्णले जानकारी गराउनुभयो ।
    विद्युत अनिमितता अभिलम्ब सुधार गर्नुपर्ने माग गर्दै स्थानिय नेपालगन्जवासी बर्षेनी विद्युतको लापरवाहीका कारण समस्यामा पर्ने गरेका छन् । हरेक बर्ष उहि समस्या तर समाधान भने उहिका उहि रहेको हुनाले समाधान गर्न नसक्ने कर्मचारी विदाई भएर जान सकिने स्थानियवासीको माग रहेको छ । विद्युत अनियमितता हुने हाम्रो लागि ज्यानसंग खेलवाड गर्नु हो तसर्थ हामी आन्दोलनमा उत्रिनु रहर होइना बाध्यता हो स्थानिय बाल अधिकारकर्मी साहिल अन्सारीले भन्नुभयो ।
    विद्युत अनियमितताको विरुद्ध बिहीवार उद्योग वाणिज्य संघको अगुवाइमा नेपालगन्जको विद्युत समस्याका बारेमा ध्यानाकर्षण गराएको थियो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली सहितको टोलीले जथाभावी विद्युत काट्ने समस्या तत्काल अन्त्य गर्न माग गरिएको छ ।
    विद्युतको समस्याले सर्बसाधारण समस्यामा परेको उद्योग, कलकारखाना ठप्प रहेकाले यस्तो समस्या अन्त्य हुनुपर्नेमा जोड दिएको छ । महासचिव ओलीले विद्युतको समस्या समाधान गर्न अल्टिमेटम दिएको बताउनुभयो । विद्युतको लापरवाहीले आम नेपालगन्जवासीले दुख पाउने भएको हुनाले यसको समाधानका लागि विरोध प्रर्दशन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology