(Friday 30th of October 2026)
`

नेपालगन्जमा विद्युतको समस्या समाधान गर्न अल्टिमेटम, आज विरोध प्रर्दशन

  • सगरमाथा गन्तब्य
  • 16.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा नेपालगन्जको विद्युत समस्याका बारेमा शुक्रबार ध्यानाकर्षण गराएको छ ।
    संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली सहितको टोलीले जथाभावी विद्युत काट्ने समस्या तत्काल अन्त्य गर्न माग गरिएको छ । विद्युतको समस्याले सर्बसाधारण समस्यामा परेको उद्योग, कलकारखाना ठप्प रहेकाले यस्तो समस्या अन्त्य हुनुपर्नेमा जोड दिएको छ । महासचिव ओलीले विद्युतको समस्या समाधान गर्न अल्टिमेटम दिएको बताउनुभयो । यस्तै विद्युत अनियमितताका लागि आज नेपालगन्ज आम नागरिकको आयोजनामा विरोध प्रर्दशन गरिने भएको छ ।
    शुक्रवार विहाना साढे १० बजे विद्युत कार्यालय अगाडी विरोध प्रर्दशन गरिने भएको एक नागरिकले भन्नुभयो । विद्युतको लापरवाहीले आम नेपालगन्जवासीले दुख पाउने भएको हुनाले यसको समाधानका लागि विरोध प्रर्दशन गरिने भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology