(Friday 30th of October 2026)
`

जानकी– ३ जसपाका उम्मेदवार कुर्मीसहित प्यानल विजयी

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    खजुराखुर्द । बाँकेको जानकी गाउँपालिका –३ का जनता समाजवादी पार्टीका वडाअध्यक्ष पदका उम्मेदवार राज कुमार कुर्मीसहित पुरै प्यानल विजयी भएका छन् ।
    स्थानीय तह निर्वाचनमा जसपाबाट वडा नम्बर ३ को उम्मेदवार बनेका राजकुमार कुर्मीले १ हजार ७२ मत ल्याई वडा अध्यक्षसहित पुरै प्यानल विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विन्देश्वरी वर्माले ९ सय ३३ मत ल्याइ पछ्याइ रहेको थिए । नेपाली काँग्रेसका उम्मेदवार वर्माले १ सय ३९ मतले पराजित भएका हुन । यसैगरी जसपाबाट सदस्य पदका उम्मेदवार बनेका उमेश कुर्मी १ हजार १ सय २१ मत, हुसेनी अहिर १ हजार ६६ मत, महिला सदस्य निलम सिंह ठकुरानी १ हजार ८१ मत, दलित महिला सदस्य लक्ष्मी पासी १ हजार ९३ मत सहित प्यानल नै विजयी भएको हो ।
    जानकीमा अहिले सम्म जसपाले १ र ३ नम्बर वडा प्यानल सहित पक्का गरेको छ, भने माओवादी केन्द्रले २ नम्बर वडा पक्का गरेको छ । अहिले वडा नम्बर ४ को मतगणना शुरु भइ सकेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology