(Friday 30th of October 2026)
`

डुडुवामा काँग्रेस निर्वाचित

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ । नेपाली काँग्रेसका नरेन्द्र चौधरी अध्यक्ष तथा साहिदा बानो उपाध्यक्षमा विजयी भएका छन् । चौधरी र बानो अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका हुन् ।
    अध्यक्ष चौधरी र उपाध्यक्ष बानोलाई जसपाका भण्डारीलाल यदाव र तरन्नुम बानोले पछ्याएका थिए । चौधरी र बानोले निकटम प्रतिस्पर्धीलाई १ हजार १ सय मतले पराजित गरेका छन् । योसँगै काँग्रेसले जिल्लाका दुई पालिका जितेको छ । यसअघि राप्तीसोनारी गाउँपालिका जितेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology