जानकी : जानकी गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जानकी गाउँपालिका वडा नं ३ को २ हजार ७ सय ९७ मत गणना हुँदा जानकी प्रमुख पदका उम्मेद्वार नेपाली कांग्रेसको पक्षमा २ हजार ८ सय ३५ मत खसेको छ । नेकपा एमालेको पक्षमा १ हजार ७ सय ८५ मत खसेको छ । जसपाको पक्षमा १ हजार ७ सय ३९ मत खसेको छ । उस्तै जानकी गाउँपालिका उपप्रमुख पदका उम्मेद्वार नेपाली कांग्रेको पक्षमा २ हजार ९ सय ७० मत खसेको छ । नेकपा एमालेको पक्षमा १ हजार १सय ७ मत खसेको छ । नेकपा माओबादी केन्द्रको पक्षमा १ हजार ४ सय ९२ मत खसेको छ । यस्तै जानकी वडा नं ३ वडा अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसको पक्षमा ६ सय ३८ मत खसेको छ । नेकपा एमालेको पक्षमा ३ सय ८६ मत खसेको छ । जसपाको पक्षमा ७ सय २१ मत खसेको छ । जानकी गाउँपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ भने जानकी वडा नं ३ वडाअध्यक्षमा जसपाले अग्रता कायमै गरेको छ ।
