नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको थप मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको मत परिणाम अनुसार नेपालगन्ज उपमहानगरपालिका जसपा उपमेयर पदका उम्मेद्वार कमरुद्दिन राईले दोब्बर मतले अग्रता लिनुभएको छ । नेपालगन्जमा अहिले सम्मको मत गणना हुँदा जसपा उपमेयर पदका उम्मेद्वार राईको पक्षमा १० हजार ६ सय ५० मत खसेको छ । नेकपा एमालेका उपमेयर पदका उम्मेद्वार शान्ति ढकालको पक्षमा ५ हजार ५ सय ३४ खसेको छ । राप्रपा उपमेयर पदका उम्मेद्वार बिन्दु चर्ति मगरको पक्षमा ६ हजार ४ सय ३५ मत खसेको छ । जसपाको राईले नेकपाको ढकाल र राप्रपाको चर्ति मगरलाई पछि पार्दै दोब्बर मतले अग्रता लिनुभएको छ । नेपालगन्जको औपचारिक थप बिवरण आउन बाँकी छ ।
