नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको थप मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको मत परिणाम अनुसार नेपालगन्ज उपमहानगरपालिका नेपाली कांग्रेस मेयर पदका उम्मेद्वार प्रशान्त बिष्टले दोब्बर भन्दा बढि मतले अग्रता लिनुभएको । अहिले सम्मको मत गणना हुँदा नेपाली कांग्रेस मेयर पदका उम्मेद्वार विष्टको पक्षमा १२ हजार ३ सय ४५ मत खसेको छ । यस्तै नेकपा एमालेका मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्रको पक्षमा ५ हजार ७ सय सय ३० खसेको छ । राप्रपा मेयर पदका उम्मेद्वार नन्दलाल बैश्यको पक्षमा ४ हजार ९ सय ८५ मत खसेको छ । बिष्टले मिश्र र बैश्यको भन्दा दोब्बर बढि मत ल्याएर अग्रता लिनुभएको छ । मत गणनाको क्रम जारी नै छ । नेपालगन्जको औपचारिक थप बिवरण आउन बाँकी छ ।
