(Friday 30th of October 2026)
`

नेपालगन्जमा १ मा दाइलाई पछि पार्दै जितको यात्रा सुरु गरे भाइले

  • सगरमाथा गन्तब्य
  • 15.4K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा नेकपा एमाले बाट प्रमोद रिजाल निर्वाचित हुनुभएको छ । उहाँले ७ सय ८१ मत ल्याएर बिजयी हुनुभएको हो । नेपालगन्ज वडा नं १ मा वडा अध्यक्ष प्रमोदको प्रतिस्पर्धी राप्रपा वडाअध्यक्ष पदका उम्मेदवार तारामान कुवँर र नेपाली कांग्रेस वडा अध्यक्ष पदका उम्मेद्वार बिनोद रिजाललाई पछि पार्दै बिजयीको यात्रा सुरु गर्नु भएको छ । नेपालगन्ज १ मा राप्रपा वडाअध्यक्ष पदका उम्मेद्वार तारामानले ७ सय २१ र नेपाली कांग्रेस वडाअध्यक्ष पदका उम्मेद्वार विनोदले ५ सय ८१ मत ल्याउनु भएको छ । विनोद नवनिर्वाचित वडाध्यक्ष प्रमोदको दाइ हो । प्रमोद र विनोद फरकफरक पार्टीबाट वडाध्यक्षमा प्रतिस्पर्धी रहनुभएको थियो ।

    नवनिर्वाचित प्रमोद यसअघि पनि वडाध्यक्ष रहनु भएको थियो । उहाँले नेपालगन्ज उपमहानगरको प्रवक्ता भएर काम गर्नुभएको थियो । बिद्यार्थीकाल बाटै एमाले निकट अनेरास्ववियुमा आवद्ध रहेको प्रमोद २०७४ साल निर्वाचनमा नेपालगन्ज वडा नं १ को वडाध्यक्षमा निर्वाचित रहनुभएको थियो । प्रमोदको पहिलो कार्यकालमा राम्रो काम गरेको भन्दै एमाले पार्टी र जनताले उहाँलार्ई वडाध्यक्षको उम्मेदवार बनाएको थियो । प्रमोदको दाइ विनोद पनि नेपाली कांग्रेसबाट नेपालगन्ज वडा नं १ का उम्मेदवार बनेपछि दुवै दाइभाइ हार्छन् की भन्ने अडकलबाजी गरिँदै आएता पनि प्रमोदले भने राप्रपाका तारामान र नेपाली कांग्रेसको बिनोदलाई पराजित गर्दै बिजयी हासिल गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology