(Friday 30th of October 2026)
`

नेपालगन्जमा बिष्ट र राईको अग्रता कायमै

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचान कार्यालयले दिएको मत परिणाम अनुसार नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता जसपाले अग्रता कायमै गरेको छ । नेपालगन्ज उपमहानगरपालिका नेपाली कांग्रेस मेयर पदका उम्मेद्वार प्रशान्त विष्टको पक्षमा ५ हजार ३ सय २६ मत खसेको छ । नेकपा एमाले मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्रको पक्षमा २ हजार १ सय ८१ मत खसेको छ । राप्रपा मेयर पदका उम्मेद्वार नन्दलालको बैश्यको पक्षमा २० हजार ४२ मत खसेको छ । यस्तै जसपा उपमेयर पदका उम्मेद्वार कमरुद्दिन राईको पक्षमा ४ हजार २० मत खसेको छ । नेकपा एमाले उपमेयर पदका उम्मेद्वार शान्ति ढकालको पक्षमा १ हजार ९ सय ६१ मत खसेको छ । राप्रपा उपमेयर पदका उम्मेद्वार बिन्दु चर्ति मगरको पक्षमा २ हजार ५ सय ४२ मत खसेको छ । नेपालगन्जमा नेपाली कांग्रेसको मेयर पदका उम्मेद्वार बिष्ट र जसपाको उपमेयर पदका उम्मेद्वार राईले आ आफ्नो पक्षमा अग्रता कायमै गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology