(Friday 30th of October 2026)
`

बाँकेमा निर्वाचनका लागि ४ हजार बढि सेना परिचालन गरिदै

  • सगरमाथा गन्तब्य
  • 12.2K
    SHARES

    नेपालगन्ज ः स्थानीय तह २०७९ निर्वाचनको लागि बाँकेमा निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिव ६ हजार २ सय परिचालन भएका छन । आसन्न बैशाख ३० गते हुने स्थनीय निर्वाचनका लागि बाँकेको ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएको निर्वाचन आयोग बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
    उहाँको अनुसार स्थानीय तह निर्वाचनका लागि बाँकेमा ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन । बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अति नै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरुप सुरक्षा प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।
    स्थानीय तह निर्वाचनमा सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टछुट्टै सुरक्षा जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । बाँके भारतसंग खुला सीमा जोडिएको जिल्ला भएकोले पनि यहाँको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशिल र संबेदनशिलको रुपमा बर्गिकरण गरी सुरक्षा प्रबन्ध मिलाएका छौ’ उहाँले भन्नुभयो ।
    भारतसंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्रहरु अत्यन्तै संवेदनशिल रहेकोले सुरक्षा विश्लेषण रहेको छ । मतदान केन्द्रको सुरक्षा तीन प्रकारका सुरक्षा निकायले आपसी समन्वयमा गर्ने र शान्तिपूर्वक मतदान गराउन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत, सहायक कर्मचार, स्वयम सेवकको भुमिका रहने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराउनुभयो । उहाँले मतदान केन्द्रमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर पठाईएका बताउदै निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउनको लागि नेपाल–भारत सीमा ७२ घण्टाको लागि शील गर्ने दुई पक्षिय सहमति भई सकेको र २०७९ बैशाख २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सीमा क्षेत्रबाट आवगमन पूर्ण रुपले बन्द हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो –‘हामी कहाँ स्थानीय तहको निर्वाचन हुने कुरा काउन्टर पार्टसलाई जानकारी गराउदै ७२ घण्टा सीमा शील गर्ने सहमति गरेका छौ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology