बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिकामा विभिन्न दलहरुले चुनाव लक्षित अभियान सहित घरदैलो कार्यक्रम गरिहँदा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेका उमेदवार शालिकराम डाँगीको पक्षमा जनलहर उर्लिएको छ ।
घरदैलो सहित चुनावी अभियानको अन्तीम दिन ओभरिबाट सुरु भएको बिशाल ¥यालीमा डाँगीको पक्षमा ठूलो जनलहर निस्किएको हो ।
सरल, सालिन, सक्रिय र कुशलताका शालिकराम डाँगी राप्तिसोनारी गाउँपालिकामा स्थापित भइसकेका लोकप्रिय समाजसेवी नेता हुन । अघिल्लो स्थानीय चुनावमा नेपाली काङ्ग्रेसलाई मत दिएर विजय बनाएका मतदाताले यसपाली नेकपा एमालेलाई विजय बनाउने निर्णय गरेका छन् । काङ्ग्रेसले वडामा विकास गर्नुको साटो विनाश गरेर जनतालाई दुख दिएको भन्दै जनताको भावना बुझन सक्ने योग्य उम्मेदवार डागीलाई विजय गराउन जनता लागि परेका छन् ।
राप्तिसोनारी ८मा डागीको बलियो पकड रहेको विपक्षले पनि स्वीकार गरेका छन् । राप्तिसोनारि ८ मा काङ्ग्रेस माओवादीले चुनावको मुखैमा जनतालाई आर्थिक प्रभोलन देखाए पछि त्यहाँको महोल विग्रीएको कार्यकर्ताबीच चर्चा छ । पक्षपातपुर्ण व्यवहारको आरोप लागेका व्यक्तिलाई पार्टीमा ल्याउँदा उनिहरुलाई अगुवा बनाउदा यसपाली एमालेलाई जिताउन मन लागेको स्थानिय बताउछन् । घरदैलो गर्दा काङ्ग्रेस र माओवादी पाटिको व्यापक जनगुनासो आएको कारण एमालेका उम्मेदवार डागीलाई थप बल पुगेको छ ।
राप्तिसोनारी ८ का बौद्धिक बर्ग, शिक्षाप्रेमी, बुद्धिजिवी र व्यापारी व्यवसायीले समेत एमालेका उम्मेदवार डागीलाई जिताएर न्याय दिलाउने प्रतिवद्धता जनाएर अग्रिम बधाई समेत दिएका छन । राप्तिसोनारी ८ को ओभरी जिरो पेरानी गाँउ लगायत क्षेत्रमा देखिएको जनलहरले पनि डागी लगायत अन्य सदस्यको जित सुनिश्चित बनाएको चर्चा छ ।
नेकपा एमाले राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष मनोज केसीको नेतृत्वमा हुँदा गरिएको चुनाबी अभियान र र्यालिले सार्थकता पाउने स्थानीयहरुले बताए । सोमवार भएको बिशाल ¥यालीमा नेकपा एमालेका केन्द्रिय सदस्य प्रदेश सदस्य जिल्ला सदस्य लगायत स्थानीय नेता कार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
