नेपालगन्ज ः २०७४ सालको स्थानिय तहको निर्वाचनमा जितेका स्थानिय जनप्रतिनिधी पुन ः फिर्ता गाउँमा आएनन् एक बृद्ध स्थानियवासी मोहम्मद नियम किंगरिया बताउनुहुन्छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा उम्मेद्वारी दिएर भोट माग्न गाउँमा आएका जनप्रतिनिधी चुनाब जितिसकेपछि पुन ः गाउँमा फिर्ता नआएको एक बृद्ध स्थानियवासी किंगरियाले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ मा पर्ने नेपालगन्जकै बिकट मानिइएकोे किंगरियनपुर्वाको गाउँ हो । चुनाबको बेला मात्र स्थानिय जनप्रतिनिधीको अनुहार हेर्न पाइन्छ स्थानियवासी किंगरियाले भन्नुभयो । धेरै पार्टीका नेताले अनेक थरि आश्वसन दिलाइर स्थानियवासीलाई मुर्ख बनाइएको उहाँले दाबी गर्नुभयो ।
गाउँको सडक र नाली व्यवस्थित नभएकाले बर्खा याममा सडको पानि घरभित्रै पसेर स्थानियवासी सास्ती खेप्न बाध्य भएको स्थानियवासी बागमतिगोडीया बताउनुहुन्छ ।

उहाँले भन्नुभयो बालबच्चालाई राम्रो शिक्षा दिन मन छ ताकी उनिहरु हाम्रो जस्तो दुःखै दुःखले भर्रिएको जिवन नबिताउन तर यहाँ बिद्यालयको नाम मात्र छ बिद्यालय व्यवस्थित छैन । नेकपा एमाले नेपालगन्जले गरेको धरदैलो अभियानमा पुग्दा यस्तो बताएका हुन् । नेपालगन्ज उपमहानगरपालिका मेयर पदका प्रत्यासी पशुपति दयाल मिश्र र उपमेयर शान्ति ढकाल सहितको टिम पुग्दा भावुक हुदैं स्थानियवासीले यस्तो बताएका हुन् ।

उहाँहरुले घरदैलोका क्रममा स्थानीयले गाउँका समस्या सुनाउँदै समाधान गर्न नेपालगन्ज मेयर पदका प्रत्यासी मिश्र र उपमेयर ढकाललाई आग्रह समेत गर्नुभएको छ ।
‘एमाले उम्मेदवारले विकास गर्छु भनेर भोट मागेका छन्, हामी यस पटक जिताएर हेर्छौ’ मतदाता भन्छन् । घरदैलो अभियानमा बोल्दै नेपालगन्ज मेयर पदका प्रत्यासी मिश्रले नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ मा पर्ने किंगरियनपुर्वामा अरुदलका जनप्रतिनिधीले गरेर देखाउन नसकेको काम अव नेकपा एमाले गरेर देखाउछ उहाँले भन्नुभयो । नेकपा एमालेले बनाउने हरेक योजना जनहितका लागी भएकाले नेकपा एमालाई जिताएर एमालेको सरकार ल्याउन अति आवश्यक रहेको उहाँले जिक्री गर्नुभयो ।

जनताको साथ सहयोगले स्थानिय निर्वाचनमा नेकपा एमाले बहुमतले बिजय भएर नेकपा एमालेको सरकार ल्याउन सफल भएमा किंगरियनपुर्वाको सबै समस्या समाधान गरि बिकासमैत्रि बनाउने उपमेयर पदका प्रत्यासी ढकालले बताउनुभयो ।
नेकपा एमाले बाहेक अरुलाइ भोट दिए किंगरियनपुर्वाका स्थानियवासी बिकासको लागी पम्पुरोमा हात राख्दै फेरी अर्को चुनाब पर्खनु पर्ने उहाँले भन्नुभयो । उहाँले त्याहाँका स्थानियवासीको लागी रोजगार, स्वास्थ्य, कृर्षी, शिक्षा, महिला यद्यमी महिला तथा बालबालिकाको सवालमा बिशेष जोड् दिने प्रतिबद्धता गर्नुभयो । उक्त आगामी बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निर्वाचनको लागी निर्वाचन परिचालन कमिटीका संयोजक दत्त प्रसाद आचार्य , नेकपा एमाले केन्द्रीय सदस्य मोहम्मद हारुण हल्वाई, नेकपा एमाले केन्द्रीय सदस्य दीपा शर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य रबिन्द्र लम्साल, नेकपा एमाले प्रदेश कमिटी सदस्य डेकनाथ गौतम, नेकपा एमाले प्रदेश कमिटी सदस्य निरक गुरुङ्ग, लगायतका नेता तथा कार्यकर्ताहरु सहभागि बिहीवार नेपालगन्ज २२ को किंगरियनपुवा, शान्तिनगर, खल्ला पुरैनी लगायतको ठाउँहरुमा घरदैलो अभियान गरिएको थियो ।
