कोहलपुर ; नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिका भित्रका सम्पुर्ण वडामा मेयर पदका उम्मेदवार खिल प्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता कुमारी थारु लगायत अन्य वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले आफ्नो चुनावी घरदैलो कार्यक्रमलाई एकदमै व्यस्त बनाएका छन् ।
मेयर पदका उम्मेद्बार भुषाल र उपमेयर पदकी उम्मेदवार थारु लगायतका वडा अध्यक्ष पदका उम्मेद्बार अनि सदस्य पदका उम्मेदवारहरु मतदाता शिक्षा सहित चुनावी घरदैलोमा व्यस्त छन् । विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, नगर भित्र रहेको सम्पूर्ण धुले सडक ग्राबेल गरिने र ग्राबेल सडकहरुको कालोपत्रे गरिने डुबानको समस्या समाधान र ढल निकासको समस्यालाई व्यवस्थीत बनाउने र नेपालगन्जलाई स्मार्ट शहरको रुपमा बिकसित बनाउने कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार भुषालको योजना रहेको छ ।
कोहलपुर नगरपालिकालाई बिकसित पालिका मानिएता पनि कोहलपुर नगरपालिका भित्र वडा नम्बर १३ र ७ नम्बर वडाहरुलाई बिकट वडा मान्ने गरिएको छ । त्यसैले ती पछाडी परेका र पारिएका वडाहरुको वकालत गर्दै गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, नगरका सम्पुर्ण टोलहरुमा फ्रि वाईफाई र नगरपालिका भित्र हुने सम्पूर्ण गतिविधिको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने कृषि र पर्यटनलाई सङ्गसङ्गै जोडेर हजारौ बेरोजगार युवालाई स्वरोजगार तिर आकर्षित गराउने योजना रहेको बताए ।
उनलाई आसा छ कोहलपुरका स्थानिय जनताले मलाई मतदान गर्नुहुनेछ । जनताको आसा र भरोसा मानिएका बैश्यले जनता सामु गरिएका चुनावी प्रतिबद्धता पुरा गर्न कुनै कसर बाँकि राख्नेछ्न ।
चुनावी अभियानलाई तिब्रता दिदै गर्दा वडा नम्बर ६ का स्थानिय जनता नेता कार्यकर्ता र उम्मेदवार सहित उत्साहजनक घरदैलो गरिएको र स्थानियको उत्साहले उम्मेदवारलाई थप उत्साह मिलेको नेकपा एमालेका जिल्ला कमिटी सदस्य कुल बहादुर भट्टराईले जानकारी गराएका छन् । यस्तै आजै वडा नम्बर १५ चन्नहवामा राखिएको चुनावी सभा र पाटी प्रबेश कार्यक्रममा उपमेयर पदकी उम्मेदवार अस्मिता कुमारी थारुले आसन्न बैशाख ३० गते हुने चुनावमा अरुपार्टिले थारु माथी अन्याय गरेपनी म गरिव किसानकी छोरीलाई उपमेयर पद दिएर समग्र थारु जातिमाथी न्याय गरेको बताएकी छिन उनले आफू बिजेता भैइसकेपछि महिलाको मुद्दालाई नै विशेष प्राथमिकतामा राखेर स्थानिय दिदिबहिनीहरुको सल्लाह सुझाब लिएर नै अगाडि बढ्ने बताएकी छिन् ।
