(Friday 30th of October 2026)
`

खजुरामा एमालेको बहुमत आउँछ – कक्षपति

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    खजुरा – एमाले बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा एमालेका जनप्रतिनिधिलाई जनताले बहुमत सहित जिताउने बताएका छन् । पालिकामा एमालेका जनप्रतिनिधिहरुलाई बहुमतले जित्ने उदघोष गरेका छन् । खजुराको ४ वटामा गठबन्धन भएको र ४ मा गठबन्धन नभएर अलग अलग चुनावी मैदानमा रहेकाले यसमा एमालेको जित सुनिश्चत रहेको कक्षपतिले बताउनुभयो ।
    खजुरामा एमालेको संगठन अन्य दल भन्दा बलियो छ । अन्य दल अझैपनि धुलमिलमा छन् । हामी एक ढिक्का रहेर असन्तुष्टहरुलाई पनि मिलाएर लगेका छौं । खजुरामा एमालेका तर्फबाट अध्यक्ष पदका सुमन मल्ल विकास गर्ने युवा उम्मेदवार भएकाले पनि उनको नेतृत्वमा खजुरामा एमालेका उम्मेदवारहरुले बहुमतका साथ निर्वाचित हुनेमा विस्वस्थ रहेको बताउनुभयो ।
    ‘हामीले सोझो पारामा चुनाव जित्दैछौ’ – कक्षपति दावि गर्छन । २०७४ सालमा एमाले बाट निर्वाचित भएका कक्षपतिले माओबादीका डम्बर विक ‘तुफान’ लाई भारी मतअन्तरले हराउनुभएको थियो । अहिले तिनै डम्बर विक गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
    सुमन र डम्बरको प्रतिस्पर्धा रहेको देखिएपनि सुमनले ५ वर्ष भित्र वडामा गरेको उल्लेख्य विकासले गर्दा पनि मतदाताले विवेक प्रयोग गरेर जिताउनेमा ढुक्क रहेको उहाँले बताउनुभयो । खजुरामा एमालेका उम्मेदवार बाहेकको विकल्प नरहेको कक्षपतिले उल्लेख गर्नुभयो । खजुरा गाउँपालिकामा एमालेको सरकार रहदाँ देशमै उकृष्ट विकासका काम गरेको दावी गर्नुभएको छ । खजुरामा गौरवका आयोजना संचालनमा रहेकाले पनि खजुरा अन्य पालिका भन्दा अघि रहेको कक्षपतिले दावी गर्नुभयो ।
    घरदैलो अभियानमा सक्रिय रुपमा एमालेका जनप्रतिनिधिहरुलाई जिताउन लागिपरेका कक्षपति जनताको अपेक्षा पुरा गर्ने पार्टि एमाले रहेको कुरा स्वयम जनताले बुझेको उल्लेख गर्नुभयो । ‘खजुरामा गठबन्धनमा किचलो छ, हामीले एमालेमा रहेका साथिहरुलाई मिलाएर लगेका छौं । एमालेले चुनाव हर्षोल्लासमय रुपमा लिएको छ । हामीले उठाएका उम्मेदवारहरु पपुलर छन् । जनताले चिनेको जानेको र विकास गरेका उम्मेदवारहरु रहेकाले पनि एमालेले खजुरामा बहुमत ल्याउँछ ।’– कक्षपतिले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology