(Friday 30th of October 2026)
`

मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    बर्दिया ः मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते भएक छन् । श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
    श्रेष्ठ चढेको मोटरसाइकललाई चौबाटोमा अर्को मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।
    प्रहरीका अनुसार श्रेष्ठको खुट्टामा चोट लागेको छ । घाइते श्रेष्ठलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरी भेरी अस्पताल नेपालगञ्ज लगिएको छ । घाइते श्रेष्ठको दाँया खुट्टाको घुँडादेखि तलतिर भाँचिएको जानकारी दिइएको छ ।
    ठक्कर दिने मोटरसाइकलका चालक ठाकुरबाबाका ज्ञानेन्द्रबहादुर खड्कालाई पनि समान्य घाइते भएका प्रहरीले जनाएको छ । श्रेष्ठलाई थप उपचारका लागि काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ । श्रेष्ठ नेकपा एमालेबाट यसअघि २०७४ सालको पालिका चुनावमा मेयर पदमा विजयी भएका थिए । यही वैशाख ३० गते हुने चुनावका लागि उनले पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology